एउटा जिन्दगीको बयान

  • by


कहिले
आफ्नै सपनाकोपछि लागेर
कुदे नसुती,
एक्लै–
ती अनिदा रातहरू
केथा भेटिन्छ कि भनी ?
मैले खोजेको जीवन

कहिले
फसेर कसैको मायाजालमा
टोलाई बसे घण्टौं
म, आफ्नै छायासँग
र भए बदनाम
यो सहरमा
एक पागल भनी

कहिले
साँचेर आँखामै आँसु
सहें छातीको चोट
र हाँसे
आफ्ना दुश्मनहरूतिर
देखावटी हाँसो,
खुःसीनै छु देखाउनलाई

कहिले
बटुलेर केही साथीभाइ
बन्द गरे देश
र हिँडे माग्दै
सरकारसँग
आफ्नो अधिकार
या कुनै रोजगार

कहिले
मुखमा नभए पनि गास
पालेर
मिठा–मिठा आश
जसोतसो म बाँचिरहें
बाँच्न !
सायदै सकिने समय

र कहिले
झोक्किएर यो जिन्दगीसँग
अब,
एकछिन अरु बाँच्दिन भनी
खोज्दै हिँडे म
कतै–
कुनै गहिरो नदी ।

-सुशील शाह

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *