यो मन बुझाइदिने केही छ कि
दिन्छौ कि लज्जा तिमी
मुस्कान ती ओठका
छर्छौ कि मैमा पनि
माधुर्य छ हिस्सी
मग मगाइरहेछ सारा
आकास निल छ
जग्मग चम्किरहेछौ सितारा
म उनिरहेछु तिमीमा
छ सुगन्धित सुवास साथ
तानिरहेछ नयन डोरले
पलाइरहेछ आश
आई भर बाहुमा
बनी जंजीर कस
अमृतम् बनाउला
संसार सुन्दर नव !
