Skip to content

नारायण पोखरेल

एक भई जुटनु पर्छ

म छोट्टिदै छु
आयतन मेरो साँघुरिदै छ
राज्नीतिका गोटी चाल्मा म बाँधिदै छु
भ्रष्ट नेताहरू को साँग्लोमा म कस्सिंदै छु
गर्न सक्छु के र ?
म निर्धो जनता
बिभक्त्त छम
अन्धो भइरहेछौं

मधुमय प्याला

कालो भ्रमर टप्प बसेको
दाना सुन्दर झन खिलेको
ओठ लाली थर थर गर्छ
जल तप तप ओठै भर्छ

मन्मा राग आउँछ तुफान
जिँउदो हुँ बने चिहान
मुर्तझैं तिनको शैली
रूग्ण भो जीवन वैली

मधुमय जिवन त्यो क्षण मेरो
मधुमाया मा छायो अंधेरो
खुरु खुरु कुद्धै सखी ती वाला
लागीन साथ ती मधुमय प्याला

जीवन पथमा यस्ता चित्र
भावुक मन हुन्छ बिचित्र
अमृत तुल्य घुटको म पिँउछु
याद उन्कै म सम्झन्छु

भत्कियको छ मन

भत्कियको छ मन जताततै के देखाउँ तिम्लाई म
चर्केको छ मुटु जता ततै के राखुँ तिम्लाई यन्हाँ
सपना तिम्रा सुनौला सजिएका ती आँखा मा
रक्त्ताम्य छ छाती यो के हुन्छ र तिम्लाई अंगाल्न

समय ,

छैन अब जिंउनलाई रुधी केही बाँकी
बाच्न लाई खोजी रहें मन मिल्दो साथी
विरहमा बिते दीन विरहमै रात्
मसंग। आएनन मधुर ती रात

शत्रु बने सपना जती दुष्ट्को साथ्
आँशु भयो जीवनी छैन सुखी हात
कस्तो भोग कस्तो सपना जोगाएको मैले
जली गए सारा तीनै एक्लो भएँ अहिले

दील रमाउछ

चाँद छौ कन्हा मन्मा झुल्की रहेछौ तिमी
अंध्यारो छ चौ दीस तर मन्मा छौ तिमी
संपुर्णता जून हौ तिमी अंध्यारै मा झुल्कनछौ अनी
सर्बत्र देख्छु त्यो तिमी नै तिमी हौ मनकी धनी

मुस्काउँछ धर्ती आकास मुस्काउँछ
बदनमा गुँरास झैं रुप तिम्रो झल्मलाउछ
मन मा हुन्छ आँधी शान्ति तर मुस्काउँछ
प्रिय छौ र त चारै तीर दील यो रमाउँछ

दीलले नै बुझ्दछ योकति ?

चेतना का लहर छन शुभ्र भयछ यो मन
सुनी हो कि तिम्रो मधुर धडकन को धुन
बोल्दछ यो भित्र तिमी सुनी दीन्छौ कि
प्रीत यो अज्मरी तिमी बुझी दीन्छौ कि

सुनिन्छ के कती देख्छौ तिमी के कती
रौसमा तिमी भेट्छौ छ माया यो के कती
सुनिन्न स्वर त मन मन मा हुन्छ त्यो अति
बोली यो दीलको दीलले नै बुझ्दछ योकति

जलेको दील

आगो पिउँछु हर बखत म जलाई रहेछु दील
जलन छ भित्र अथाह साथी डराई रहेछ दील
आफ्नु भने छुन खोजें धपाइ रहेछ दील
के भो कसो भो जीन्दगी समाइ रहेछ यो दील

सुवास ती फुल्का मौरीका ती गान
मधुरता भरीएका सुन्दर ती वगान
खेल्छु घुम्छु रहरमा म साँच्दछु अरमान
जलेको दील पत्पतीएको छ यो बनी रहेछ च्याहान

प्रफुल्ल पो भएछु

लब लबिएका मोती भरिएका ओठ
सक्सकाउँछ किन मेरो मन मुटु
बिभोर छु म आज्
फुलिरहेछन चौदिश फूल

झुलिरहेछु भ्रवँर मनले
चुमिरहेछु तिमीलाई
स्वर्णिम पल्को समझना
लेख्दैछु यो पत्र तिमीलाई

म मान्छे

देह छन त्यागेका शुन्यमा म मान्छे
चल्छ सास रित्तिएको तुच्छ छु म मान्छे
सर्व आफ्नु सोचदै हीडेको म मान्छे
दआ करुणा प्रेम त्यक्त्त रहेछु म मान्छे

स्वार्थ्को छ रंग मा रंगीएको मान्छे
सुगन्ध को रस विहीन त्यक्त छु म मान्छे
गौरब सबै बिर्सीएको तिक्त्त हुँ म मान्छे
तिलस्मी सर्जक छ शुन्य छु म मान्छे

दुष्ट को के कुरा

लागे छ आगो मन भित्र नै जलन को के कुरा
आशा रोपी अनन्त न पाउनु निरासाको के कुरा
झिकी खुसी अरुको नाच्छन ती दुष्ट को के कुरा
समाजका ब्याधी नै देश हाक्ने नेतृत्वको के कुरा

प्रेम रस

बुझाउने मन कसरी छैन प्रीत्को त्यो नगरी
पिर्छ मलाई पोल्छ सब थोक अधुरी
तन बदन जल्छ सुख शान्ती मरदछ
हर पल लाग्छ जीव कष्ट मात्र भोग्दछ्

न छ मिठो कहिले मन बुझाउने केही कुरा
न छ कतै शितल तन्को मार्ने केही क्षुधा
बिरक्त्तीन्छ किन मन पास कोइ खोज्दछ
हरण भो कि चेतन प्रेमरस खोज्दछ

कर्म आफ्नु

अनन्त छ यात्रा मन्को
पयर न चले पनी
जाग्छ भोक आँत भित्र
ब्यजन केही न भय पनी

जगका रीत छन आ आफ्ना नै
परीवेश हुन्छ त्याहाँ आफ्नु
मिल्नु न मिल्नु स्वार्थ हुन्न
हुन्छ त्यो कर्म आफ्नु

प्रफुल्ल पो भयछु

लब लबिएका मोती भरीएका ओठ
सक्सकाउछ किन मेरो मन मुटु
बिभोर छु म आज्
फुली रहेछन चौदीश फुल्

झुली रहेछु भ्रवँर मनले
चुमी रहेछु तिमीलाई
स्वर्णीम पल्को समझना
लेख्दै छु यो पत्र तिमी लाई

अभाव थियो प्रीत्को
जागी उठेछ मन
तिम्रा नयन बाण ले
भरीयो तन बदन

सौन्दर्य परी झैं
भाव देउ तिमीले
छरी सुगन्ध प्रीतीको
मुग्ध पारेउ तिमीले

चिर्छ मेरो छाती

धुक धुकिन्छ मुटु धडकन्छ छाती
छैन साथ आफ्नै मुटु जोडने साथी
बिरहमा हुन्छु म बिरही कै भाँती
साथ छैन आफ्नु मुटु जोडने साथी

समग्र थियो मन संग रमाए कै भाँती
दह बन्यो आँशुको छैन पुछ्ने साथी
खेल खेल्छ दुनियाँको प्यारको धाती
बैगुने झैं भयो माया चिर्छ मेरो छाती