नारायण पोखरेल
मधुमय प्याला
कालो भ्रमर टप्प बसेको
दाना सुन्दर झन खिलेको
ओठ लाली थर थर गर्छ
जल तप तप ओठै भर्छ
मन्मा राग आउँछ तुफान
जिँउदो हुँ बने चिहान
मुर्तझैं तिनको शैली
रूग्ण भो जीवन वैली
मधुमय जिवन त्यो क्षण मेरो
मधुमाया मा छायो अंधेरो
खुरु खुरु कुद्धै सखी ती वाला
लागीन साथ ती मधुमय प्याला
जीवन पथमा यस्ता चित्र
भावुक मन हुन्छ बिचित्र
अमृत तुल्य घुटको म पिँउछु
याद उन्कै म सम्झन्छु
दील रमाउछ
चाँद छौ कन्हा मन्मा झुल्की रहेछौ तिमी
अंध्यारो छ चौ दीस तर मन्मा छौ तिमी
संपुर्णता जून हौ तिमी अंध्यारै मा झुल्कनछौ अनी
सर्बत्र देख्छु त्यो तिमी नै तिमी हौ मनकी धनी
मुस्काउँछ धर्ती आकास मुस्काउँछ
बदनमा गुँरास झैं रुप तिम्रो झल्मलाउछ
मन मा हुन्छ आँधी शान्ति तर मुस्काउँछ
प्रिय छौ र त चारै तीर दील यो रमाउँछ
प्रफुल्ल पो भयछु
लब लबिएका मोती भरीएका ओठ
सक्सकाउछ किन मेरो मन मुटु
बिभोर छु म आज्
फुली रहेछन चौदीश फुल्
झुली रहेछु भ्रवँर मनले
चुमी रहेछु तिमीलाई
स्वर्णीम पल्को समझना
लेख्दै छु यो पत्र तिमी लाई
अभाव थियो प्रीत्को
जागी उठेछ मन
तिम्रा नयन बाण ले
भरीयो तन बदन
सौन्दर्य परी झैं
भाव देउ तिमीले
छरी सुगन्ध प्रीतीको
मुग्ध पारेउ तिमीले

म छोट्टिदै छु