Skip to content


देश दुख्छ मलाई देश लेख्छु म ता
किन भए भ्रष्टाचारी हाम्रा सारा नेता

आफ्नै लागि गर्छन जोह दल दल भन्छन
देश सधैं किन होला दल्दलमा हाल्छ्न

उठी कता जाने होला बास यही थलो
पुर्खाको सृजना यो नेपालीको मियो

संसारमा जता जाउँ माया यस्कै लाग्छ
सुन्दर शान्त विशालताको मन इच्छा राख्छ

शिब बस्ने हिमालको मोहा मन्भरि
सुन फल्ने त राइको अन्न भरी भरी

नदी नाला झरना पर्वत हामी गौरवशाली
संसारमा अमर सधैं हामी नेपाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *