त्यो विर्खे,
दिनहुँ उसको सरिरमा वुट वर्सिन्छ
लठ्ठीहरू भाँचिन्छ
तर उ,
चुपचाप पीडाहरू सहिरहन्छ,
दुखाईहरू खेपिरहन्छ
र पर्खन्छ योभन्दा अँझ थप पीडाहरू–दुखाईहरू
किनकि उसलाई थाहा छ
योभन्दा अँझ खतरनाक पीडाहरू वाँकी नै छ
कारण – उसले काजीलाई ढाँट्यो रे…।
नेपाली साहित्यमा कविता विधा अत्यन्तै लोकप्रिय भइकन पनि बिक्रीको हिसाबले कविताका पुस्तकहरू कम मात्रामा बिक्री हुन्छ भन्ने यथार्थ आज पनि हामीमाझ कटुसत्य भएर बाँचिहेको छ । यही यात्रामा भज्याङमा उभिएर कवितासङ्ग्रह बोकेर उदाएका छन् कवि अच्युत घिमिरे ।