Skip to content

विनाशकारी होइन कल्याणकारी हुनुपर्छ


अब तैँले अरुको आलोचना खेप्ने होइन,
सबैको समर्थन जुटाउनु पर्छ
सदभाव बटुल्नु पर्छ
हो,
तेरो निधारमा लागेको कलंकको टीका
आजैबाट तैँले मेट्नुपर्छ ।

तेरो केन्द्रविन्दु गरिबको झुपडीमा होइन
गरिबको सपनाहरूमा होइन
अब तेरो केन्द्रविन्दु पापको ढुकुटीहरूमा हुनुपर्छ
असत्यको महलहरूमा हुनुपर्छ
भत्काईदे त्यो ढुकुटीहरू
जहाँ गरिबको पसिनाहरू गन्हाइरहेका छन्
लडाइँदे ती सबै महलहरू
जहाँ साम्राज्यले सीमा नागेको छ
अनि मेटिनेछ
तेरो निधारमा लागेको कलंक,
रुपान्तरित हुनेछस्
तँ विनाशकारीवाट कल्याणकारीमा,
अनि पाउनेछस् तैले सबैको
स्यावासी …।

अब विकाश र समृद्धिमा होइन तेरो केन्द्रविन्दु
श्रोत शक्तिहरू केन्द्रिकृत गर्ने सपनाहरूमा हुनुपर्छ
भत्काईदे ती सबै सपनाहरू
जसले गाउँहरू उजाड बनाइदियो
गाउँप्रति वितृष्णा जगाइदियो
भताभुङग बनाईदे सहरमा बस्ती बढाउने रहरहरू
जसले कमृद्धि फलाउने खेतहरू बाँझै बनाइदियो…
अनि पाउनेछस तैँले सबैको स्यावासि
मेटिनेछ तेरो निधारमा लागेको कलंकको टीका
रुपान्तरित हुनेछस तँ विनासकारिवाट
कल्याणकारीमा …।

प्रमोद स्नेही श्रेष्ठ
खोटाङ
९८४२९०५७०६

Leave a Reply

Your email address will not be published. Required fields are marked *