Skip to content

दुखाउँछ मान्छेलाई सानो कुराले


दुखाउँछ मान्छेलाई सानो कुराले पनि
यसै भन्नुहुन्थ्यो मलाई, हाम्रा बाले पनि

व्युझन्छु प्रत्येक रातहरूमा ऐठन परेर
सुत्नै दिदैन मान्छेलाई, सपनाले पनि

एक दिन त मर्छु म पनि, जसरी मर्छन् अरु
हिँड्दा हिड्दै धोका दिन्छ यहाँ खुट्टाले पनि

नहेर्नु धेरै आकाशमा, लजाउलान चन्द्रमा फेरि
हद नाघेपछि, उजुरी हाल्छन चन्द्रमाले पनि

-प्रमोद स्नेही श्रेष्ठ,
खोटाङ

1 thought on “दुखाउँछ मान्छेलाई सानो कुराले”

Leave a Reply

Your email address will not be published. Required fields are marked *