सबैले छोडी एक्लै पर्दा रन्जना न्यौपाने गजल by editorNovember 1, 20141 Commentसबैले छोडी एक्लै पर्दा, सम्झनेछौ मलाई आँखाबाट आसु झर्दा, सम्झनेछौ मलाई रमाउन दुई दिनलाई हो, खुशीहरू सारा दैवले सबै थोक हर्दा, सम्झनेछौ मलाई
जब पर्यो दु:ख रन्जना न्यौपाने गजल by editorOctober 26, 20142 Commentsजब पर्यो दु:ख, आफ्नो भन्ने हात हराए । ललाई फकाई गर्ने, साथीका ती साथ हराए । जाने यो नियतिलाई, कस्तो खेल खेल्दो र छ सुख हुँदा गरिदिने, मिठा मिठा बात हराए ।
जानु छ टाढा उडान रन्जना न्यौपाने गजल by editorSeptember 19, 2014जानु छ टाढा उडान अब, भर्नु छ यहाँ उदेश्य धेरै तिन्लाई पुरा, गर्नु छ यहाँ आईपर्छंन् थुप्रै बाधा, हासी हासी हटाई छिचोल्दै ती बेग समुद्र, तर्नु छ यहाँ
म छु एक्लो आफ्नो यहाँ रन्जना न्यौपाने गजल by editorSeptember 12, 2014म छु एक्लो आफ्नो यहाँ, शहर छैन कुनै बाँच्ने हाँस्ने माया गाँस्ने, रहर छैन कुनै म को हुँ के छ मनमा, जान्दिन केही पनि यी पीडालाई बगाई लाने, नहर छैन कुनै
न जीत न हार रन्जना न्यौपाने गजल by editorSeptember 6, 2014न जीत न हार, कस्तो यो जिन्दगी सबै लाग्छ बेकार, कस्तो यो जिन्दगी बनायो धेरै धेरै, सपनाका महलहरू हुँदैनन कुनै साकार, कस्तो यो जिन्दगी
छरेर ढुङ्गामा बिउ रन्जना न्यौपाने गजल by editorAugust 31, 20141 Commentछरेर ढुङ्गामा बिउ, फलाउने आश नगर मारेर बोटहरू सबै, पलाउने आश नगर जानिसके समयले, नियति त्यो तिम्रो जलेको मुटुलाई फेरि, जलाउने आश नगर
म रोएँ अतालिदै रन्जना न्यौपाने गीति कविता by editorAugust 19, 2014म रोएँ अतालिदै, सपनीमा हराई कहाली लाग्दो क्षण, ब्यूँझिएँ डराई आशुले छयाप्पै, सिरानी त्यो मेरो मर्नु छ एकदिन, के छ या तेरो आउँदै थिए गुन्जिएर, परबाट स्वर साचै नै त्यो, वास्तविक हो र ? दुखी थिए मेरा, कोमल मन के गर्नु थुपारेर, दुई दिनलाई धन