Skip to content

सबैले छोडी एक्लै पर्दा


सबैले छोडी एक्लै पर्दा, सम्झनेछौ मलाई
आँखाबाट आसु झर्दा, सम्झनेछौ मलाई

रमाउन दुई दिनलाई हो, खुशीहरू सारा
दैवले सबै थोक हर्दा, सम्झनेछौ मलाई

तिमीले आफ्ना भनेकाहरू, टाढा हुँदाखेरी
त्यो घाउमा नून छर्दा, सम्झनेछौ मलाई

चिनेनौ होला परिस्थिति, मानिसलाई यहाँ
हरेकले तिम्लाई घ्रिणा गर्दा, सम्झनेछौ मलाई

क्षणभरको खुशीलाई हेरी, गल्ती गर्यौ जब
वेदनाले त्यो मुटु भर्दा, सम्झनेछौ मलाई

रन्जना न्यौपाने
चरोकोट, दोलखा

1 thought on “सबैले छोडी एक्लै पर्दा”

  1. दोहोराई दोहोराई पढ्न मन
    दोहोराई दोहोराई पढ्न मन लाग्ने सरल तर मन छुने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *