मेरो देश रोएको बेला
भाइ भाइ लडेको बेला
यो र त्यो भन्दै भन्दै
आरोप प्रत्यारोप लगाएको बेला
म तिमीलाई सम्झन्छु आमा ।
आफू को हुँ भनेर
आफैलाई बिर्सनेहरू देख्दा
आफ्नै स्वार्थ सदा पुरा गर्नेहरू देख्दा
ललाईफकाई गरी पाउनुभन्दा अघि
पाइसकेपछि सबै बेवास्था गरेको देख्दा
म तिमीलाई सम्झन्छु आमा ।
खुशी हुनेहरू हुँदै गर्छन्
मजाक बनाउनेहरू बनाउँदै गर्छन्
हो गल्ती त भयो
बुझ्नेहरुले बुजिहाल्छ्न
नबुझ्नेले कुरा काट्छ्न्
यो मन मनाउन खोजे
धेरै पटक बुझाउन खोजे
म तिमीबाट जब टाढा हुन्छु
आफूलाई एक्लो नसम्झनु
म तिम्रै वरिपरि घुमिरहन्छु
म तिम्रै साथमा रहिरहन्छु
जब रात पर्छ अनि
त्यो आकाशमा हेर्नु
म चम्किरहेको तारा हुनेछु