रन्जना न्यौपाने

मैले तिमीलाई कतै भेटिन

मैले तिमीलाई कतै भेटिन
न मनमा भेटे, न जीवनमा भेटे
न मैले लेख्ने कुनै हरफमा भेटे
न सुखमा भेटे न दु:खमा भेटे
कति खोजे एक्लै हुँदा
कति खोजे एक्लै रुदा
तर मैले तिमीलाई कतै भेटिन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भन्छन् एउटा गर्ने बेला

भन्छन् एउटा गर्ने बेला, चाल फेर्छ मानिस
अरुलाई नराम्रो पार्न, सवाल फेर्छ मानिस

गरिदिन्छ उस्को सामु, कति मिठो कुरा
फसाउन उसैलाई अनेक, जाल फेर्छ मानिस

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कहिले हाँस्दै रोएँ

कहिले हाँस्दै रोएँ, कहिले रुँदै हाँसे यहाँ
हरेक ती चुनौती सँग, भीड्दै बाँचे यहाँ

के के सुने सुने, गल्तीबिनाका खबर
बैरीलाई नै आफ्नो बनाई, नाता गाँसे यहाँ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हाम्रो नेपालमा

हजारौ युवा बिदेशिएका छन्, कमाउन धन ।
राम्रो लागाई मिठो खाई, खुसी पार्न मन ।
आफ्नो मान्छे ठुलै ठाउँमा, भए पाइने जागिर
नभए त सधैं दु:ख, सधैं पर्छ पिर ।

अरु देशमा कामको सम्मान, यहाँ हेपिन्छ ।
ऊ ठुलो ऊ सानो भन्दै, कुरा काटिन्छ ।
थाहा छैन विकास यहाँ, कहिले भैदिन्छ
धनी-गरिबबीचको खाडल, कहिले मेटिन्छ ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

म आफ्नो जिन्दगीलाई

म आफ्नो जिन्दगीलाई, खास बनाउछु
हृदयमा सधैं सत्यताको, बास बनाउछु

सक्छौ साथ देऊ, नसके कुरा नकाट
आफ्ना हरेक कमजोरिलाई, नास बनाउछु

आफ्ना सधैं आफ्ना हुन्छन्, जादैनन् टाढा
दिन्छु माया पराईलाई, आसपास बनाउछु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
RanjanaNeupane-03

यो कस्तो समय

दौडिन्छ सधैं आफ्नै तालमा, यो कस्तो समय
गरिदिन्छ नयाँ उस्को चालमा, यो कस्तो समय ?

हसाइदिन्छ कहिले, कहिलेकाहीं रुवाइदिन्छ
झुलाइदिन्छ उस्कै जालमा, यो कस्तो समय ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हजार छन्

बाँचेरै पनि यहाँ, मर्ने हजार छन्
मरेर पनि केही, गर्ने हजार छन्

राम्रो नराम्रो, दुबैको नाम चल्छ
बाँडिएर दुईतिर, पर्ने हजार छन्

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

समय र बाध्यताले

समय र बाध्यताले, लुटेको प्रेम थियो
मझधारमा अल्झिएर, छुटेको प्रेम थियो

म कता हराएछु, खोज्दा तिम्लाई आफैमा
चर्की मुटु ऐना सरी, फुटेको प्रेम थियो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मान्छे अचेल

पस्दा सियो निस्कदा,फाली बन्छ मान्छे अचेल ।
तिम्रो सानो गल्तीमा नि,ताली बन्छ मान्छे अचेल ।

नगर विश्वास कसैको,आफ्नो कोही छैन यहाँ
बहिर राम्रो भित्र भित्रै,जाली बन्छ मान्छे अचेल ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हेर्न आऊ सरकार

हेर्न आऊ सरकार गाउँ गाउँमा, पानी चुहिने पाल छ
महंगीले आकाश छोयो, घरमा एक माना चामल छ

तिम्रो घरमा के को अभाव, भने जति सबै चिज छन्
दु:ख त हामी जनतालाई छ, हाम्रै घरमा बेहाल छ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गरेर आन्दोलन ए

गरेर आन्दोलन ए मधेशी,चल्छ कति दिन यसरी ?
महङगीले आकाश छोयो,हामी जनता बाँच्ने कसरी ?

हिमाल,पहाड,तराई एक हुनु छ,टुक्रने हैन हामी
जो मरे पनि नेपालीनै मर्छ,भन अरु हाँस्ने कसरी ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दु:ख चिन्तामा परेकाछौ

दु:ख चिन्तामा परेकाछौ, हामीलाई हाँस्न देऊ
केही त अब गर सरकार, खुसीहरू साट्न देऊ

बरु हामी पानी मात्र खान्छौ, डटेर लड्छौ आफै
औषधीमा अभाव नदेउ, जनतालाई बाँच्न देऊ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कति झुक्याउछौ ?

कति झुक्याउछौ यो दुनियालाई
कति तर्साउछौ यी दिलहरूलाई
एक दिन तिमी आफै झुकिनेछौ
अनि आफै तर्सिरहनेछौ
तिम्रो पापले तिमीलाई श्राप दिने छ
आफ्नो कुकर्मको फल भोग्नेछौ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तिम्रो मेरो बिछोडले

तिम्रो मेरो बिछोडले, दुनियाँ यो हाँसेको छ
भएर धेरै खुशी, छमछमी आज नाँचेको छ

बुझेनौ किन तिम्ले, मेरो चोखो प्रेमलाई
आफ्नो मनले आज, आफैलाई ढाँटेको छ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

किन खाली खाली लाग्दैछ जीवन

किन खाली खाली, लाग्दैछ जीवन अचेल
मौनतातिर कतै, भाग्दै छ जीवन अचेल

म खोज्दै छु आज, कता हराए खुशीहरू
बुज्न खोज्दा खोज्दै, थाक्दै छ जीवन अचेल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तिम्रो घरमा मिठो

तिम्रो घरमा मिठो, हाम्रो घरमा नमिठो, भात एउटै न हो
निदाउछौ तिमी पलङमा, हामी गुन्द्रीमा, रात एउटै न हो

समयको खेल नै हो, परिवर्तन हुन्छ कुनै दिन त साथी
जुनसुकै भाषा बोल तिमी, अर्थ लाग्ने बात एउटै न हो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •