Skip to content

जानु छ टाढा उडान


जानु छ टाढा उडान अब, भर्नु छ यहाँ
उदेश्य धेरै तिन्लाई पुरा, गर्नु छ यहाँ

आईपर्छंन् थुप्रै बाधा, हासी हासी हटाई
छिचोल्दै ती बेग समुद्र, तर्नु छ यहाँ

हामी किन लाचार बन्ने, झारी सधैं आसु
बलियो पारी मन मुटु अघि, सर्नु छ यहाँ

आउन सबैजना रमाई रमाई, हिढौ फेरि
शान्ति जन्माउने बीज अब, छर्नु छ यहाँ

त्यो गगन उज्यालो छ, चन्द्रमाको सहाराले
चम्किदै ती जुन धर्तीमा, झर्नु छ यहाँ

ती गरिब भोकै छन्, दुखले सधैं बेरिएर
उनका भाग्यमा पनि खुशी, पर्नु छ यहाँ

आऊ सबै हात मिलाऊ, शन्तिको दिप बाली
गरेर थुप्रै राम्रा काम अनि, मर्नु छ यहाँ

रन्जना न्यौपाने
दोलखा, चरिकोट

Leave a Reply

Your email address will not be published. Required fields are marked *