Skip to content

न जीत न हार


न जीत न हार, कस्तो यो जिन्दगी
सबै लाग्छ बेकार, कस्तो यो जिन्दगी

बनायो धेरै धेरै, सपनाका महलहरू
हुँदैनन कुनै साकार, कस्तो यो जिन्दगी

कोर्छु म चित्रहरू, मनमनै रमाउदै यहाँ
आउँदैन कुनै आकार, कस्तो यो जिन्दगी

स्वागत छ भन्छु, खुसीलाई सधैंभरि
गर्छ किन नकार, कस्तो यो जिन्दगी

पाइला यी मेरा, चल्दैनन किन अघि
लाग्छ आफैलाई धिकार, कस्तो यो जिन्दगी

चरिकोट, दोलखा
रन्जना न्यौपाने

Leave a Reply

Your email address will not be published. Required fields are marked *