जब पर्यो दु:ख, आफ्नो भन्ने हात हराए ।
ललाई फकाई गर्ने, साथीका ती साथ हराए ।
जाने यो नियतिलाई, कस्तो खेल खेल्दो र छ
सुख हुँदा गरिदिने, मिठा मिठा बात हराए ।
भर छैन आफ्नै यहाँ, अरुको कसरी गर्ने
लुकामारी खेल्ने जुन, निदाउने रात हराए ।
कति भिजे सिरानी त्यो, नयनलाई दु:खाइ
उमङगले भरिएको, जिन्दगीका मात हराए ।
चिनिन्छ सबैलाई यहाँ, जब पीडा पर्छ साथी
त्यो फुलको कुरै छोड, सम्हालेका पात हराए ।
रन्जना न्यौपाने
चरिकोट, दोलखा

शंकै गर्दा जता ततै धोका मात्र
शंकै गर्दा जता ततै धोका मात्र हुन्थे
आँखा चिम्ली बिश्वाश गर्दा घात हराए,
पराइ ठान्दा लाग्थ्यो आफ्नो, कोहि छैन जस्तो,
आफ्नो ठान्दा शत्रु भन्ने जात हराए
Thank you indragelal ji
Thank you indragelal ji