म छु एक्लो आफ्नो यहाँ, शहर छैन कुनै
बाँच्ने हाँस्ने माया गाँस्ने, रहर छैन कुनै
म को हुँ के छ मनमा, जान्दिन केही पनि
यी पीडालाई बगाई लाने, नहर छैन कुनै
कहाँ छ आशा भरोसा, तोडिएको दिलभित्र
खुशी बन्दै नाच्नु पर्ने, कहर छैन कुनै
के सम्झिएँ सम्झनामा, अतालिदै भौतारिए
निरासी भै नबाँच्या त्यो, प्रहर छैन कुनै
सबैलाई स्वार्थी देखे, निस्वार्थी रहेनछन यहाँ
सखाप पार्ने पापी मुटु, जहर छैन कुनै
रन्जना न्यौपाने
चरिकोट, दोलखा
