गधा नरेन्द्र पराशर गद्य कविता by editorDecember 25, 2014म गधा हुँ र मैले कहिल्यै गरिनँ मालिकहरूविरुद्ध विद्रोह… !
दिव्य हल्ला नरेन्द्र पराशर गद्य कविता by editorDecember 25, 2014खराब मौसमको एक टुक्रा बादल दाहिनेपट्टि खसेको छ,…….
छोरीप्रति नरेन्द्र पराशर गद्य कविता by editorDecember 25, 2014उमङ्ग-मनको चञ्चल मुसकान पर्छ दमनमा किन ?
म कवि नरेन्द्र पराशर पद्य कविता by editorDecember 25, 2014सारङ्गी शिशु हुँ खोक्रो रेटिदिए म गीत हुँ वृद्ध मादल हुँ थोत्रो ठोकिदिए म नाच हुँ !
भयङ्कर भोक नरेन्द्र पराशर गद्य कविता by editorDecember 25, 2014मनमा अँध्यारोको निबिंड साम्राज्य ओर्लिएपछि मृग-मरीचिकाजस्तै आकर्षक जाग्छ जीवनमा भयङ्कर भोक !
प्रार्थना नरेन्द्र पराशर छन्द कविता by editorDecember 25, 2014सरलभाव अभाव कतै नहोस् तरलभाव बहाव सधैँ बहोस्
वाचा नरेन्द्र पराशर छन्द कविता शृंगारसुधा कवितासंग्रह by editorDecember 25, 2014प्रेमको कलिलो बोट पटक्कै मर्न दिन्नँ म प्रेमको कमलो फूल चटक्कै झर्न दिन्नँ म
सपना नरेन्द्र पराशर गद्य कविता by editorDecember 25, 2014…………………… सपनाका पुतलीहरूलाई फुक्का छोडिदिएँ मैले र उडाइदिएँ सपना कै बगैचाहरूमा अनेकौं प्रफुल्ल स्वप्नपुष्पहरूका
प्रेम, मैत्री, करुणा र आनन्द नरेन्द्र पराशर छन्द कविता by editorDecember 25, 2014मनोवाञ्छा घटाएर जटाधारी बनेँ अब परिव्राट् प्रेमको यात्री बाँड्न थालेँ सुधाऽसव ।।१।। जे जे भेटिन्छ बाटोमा माटोमा मनमा कहीँ सबै मेटिन्छ मेटिन्छ जहाँ भेट्यो त्यहीँ त्यहीँ ।।२।। सानो बालकको जस्तो रम्यता छिर्बिराउँछ नित्य–आनन्दको नाद कानमा चिर्बिराउँछ ।।३।। 1 1Share
सौन्दर्य के हो ? नरेन्द्र पराशर छन्द कविता by editorSeptember 23, 2014वसन्तको कोकिलको गलामा वा चन्द्रमाको मधुरो कलामा झल्किन्छ आनन्द अचम्म खास ‘सौन्दर्य के हो ?’ ‘मनको मिठास !’ ।।१।। छन् शीतथोपा रङले पवित्र मुस्कान देखिन्छ गुलावभित्र अमूर्तमा मूर्त छ मेघ खास ‘सौन्दर्य के हो ?’ ‘मनको मिठास !’ ।।२।।
एउटा लठेप्रो समय नरेन्द्र पराशर गद्य कविता by editorAugust 31, 2014ग्रीष्मको मध्यान्हमा धूलो उडाउदै हिँड्नु हिँउदको मध्यरातमा डाँको छोडेर रुनु आफ्नै विश्वासको नौनीमा चिप्लिएर लड्नु झिना-मसिना काला कर्तुतहरु छ्याप्छ्याप्ती छन् तिम्रै छेउछाउमा !
अनि पो आउँछे चरी नरेन्द्र पराशर छन्द कविता by editorAugust 31, 2014देखा झ्याम्म बनी हाँगा–लता–कुञ्ज बराबरी अनि पो आउँछे गीत गाउँदै कोइली चरी ।। देखा रङ्गीन फक्रेर वासन्ती पुष्प–मञ्जरी अनि पो आउँछे नाच्दै फुर्किँदै प्रेमकी चरी ।। देखा पाकेर मीठो भै फल जामून झैँ गरी अनि पो आउँछे उड्दै प्यारी सौन्दर्यकी चरी ।।
तिमी, प्रेम, प्रज्ञान र प्रतीक्षा नरेन्द्र पराशर छन्द कविता by editorJuly 20, 2014छ प्रज्ञानको भावना-भाव तीब्र जुनेली खुलेको छ आत्मा पवित्र तिमीमा छ ऋक् वेदको नव्य बोली तिमी प्रेम-आनन्दकी दिव्य झोली ।। नदीझैँ बजेको छताछुल्ल नाद छ तिम्रो गलामा अनौठो प्रमाद तिमी फूलबारी तिमी फूलदानी तिमी प्रेमले प्रेमकी हौ बिहानी ।।
सुनाखरी: प्रेम, जीजीविषा र सौन्दर्य नरेन्द्र पराशर छन्द कविता by editorJune 7, 20141 Commentप्रेम चट्टानमा दिव्य कल्पनाकी सुनाखरी झुन्डिन्छे सत्य-सौन्दर्य आविर्भाव हुने गरी ।।१।। सपना प्रेम आनन्द जो बाँड्छे विपना सरी चिम्ली आँखा सधैँ हेर्छु मुटुकी यो सुनाखरी ।।२।।
सिल्भियाप्रति नरेन्द्र पराशर गद्य कविता by ksMay 31, 2014१. ओ सिल्भिया, दावालन विभीषिका तिम्रो कविताको विद्रोह ब्रह्माण्डको कानमा गुञ्जिइरहन्छ तिम्रो आत्महत्याको सङ्गीत ।
चरी, आकाश, प्रेम र स्वतन्त्रता नरेन्द्र पराशर छन्द कविता by editorApril 29, 20143 Commentsचरी चित्त चोर्दै यतै छेउ आई चरी प्रेमको गीतमा चिर्बिराई चरी रङ्ग-आनन्दले दङ्ग आई चरी प्रेमको किम्बु खाँदै रमाई ।। चरीको सबै पङ्खमा लाख रङ्ग चरीमा सधैँ देख्न पाऊँ उमङ्ग चरीबाट नै प्रेम-चातुर्य जानूँ चरी गान सुन्दा म झर्को नमानूँ ।।
कवि, पागल र प्रेमिका नरेन्द्र पराशर गद्य कविता by editorMarch 6, 2014काफलको बोटजस्तै सर्लक्क र झ्याम्म परेको टाढैबाट मन-मुटु चोर्ने सोझो र उज्ज्यालो तिमीलाई असीम प्रेम गर्ने आहा त्यो हृदय ! आफ्नो अनुपम् प्रेमीलाई
प्रेमकविता नरेन्द्र पराशर संस्कृत भाषा by editorFebruary 21, 2014शरदा ज्योत्स्नया कान्ता वसन्तेन सुशोभिता चञ्चला चञ्चला चैव स्मिता भीता समाहिता । त्वमेका मृदुवाक्येन कोकिलानाञ्च कोकिला प्रकृत्यैव नता धीरा स्वभावेन शकुन्तला । मृदुला कोमलारूपा वासन्ती कुसुमाधरा मानिनी मम मैत्रेयी प्रज्ञानेन मनोहरा । 17 17Shares
नित्य-उन्मुक्त जीवन नरेन्द्र पराशर छन्द कविता by editorFebruary 11, 2014म मेरै मार्गमा हिँड्छु सुसेल्दै मस्त हल्लिँदै उड्छु आनन्द आनन्द धूलोजस्तै बतासिँदै ! ।।१।। जम्दै जम्दिनँ है पानी जस्तो जम्दछ पोखरी झर्छु बग्छु बरालिन्छु जस्तो झर्छे सुनिर्झरी ! ।।२।।