Skip to content

कवि, पागल र प्रेमिका


काफलको बोटजस्तै
सर्लक्क र झ्याम्म परेको
टाढैबाट मन-मुटु चोर्ने
सोझो र उज्ज्यालो
तिमीलाई असीम प्रेम गर्ने
आहा त्यो हृदय !
आफ्नो अनुपम् प्रेमीलाई
आभा,
छोडिदेऊ/त्यागिदेऊ/धोका देऊ हृदयलाई
आज
देशलाई एउटा कवि चाहिएको छ !

हृदय टुक्रिओस्
छिया-छिया होस्
विदीर्ण होस्
अनि आँशुले कविता लेखोस्
र बाँडोस् प्रसन्नाता व्यथितहरुलाई
आभा,
छोडिदेऊ/त्यागिदेऊ/धोका देऊ हृदयलाई
आज
देशलाई एउटा कवि चाहिएको छ !

:नरेन्द्र पराशर
http://www.narendraparasar.blogspot.jp/2013/12/blog-post.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *