Skip to content


खराब मौसमको एक टुक्रा बादल
दाहिनेपट्टि खसेको छ,…….
अनि वासन्ती रङ्गीन हरियालीको एक झुप्पा आनन्द
देब्रेपट्टि झरेको छ……

तर अनासक्त साधु
हावाको गहनतम आवाज
चुपचाप सुनिरहेको छ
मौनको भाषा केवल मौनले नै बुझ्छ
नि:शब्द सघनताको केन्द्रमा
खडा भएको मौन कानले नै सुन्छ
पवित्र मौनको दिव्य हल्ला
अकल्पनीय स्वादको दिव्य हल्ला………

यान्त्रिकताको छटपटीबाट निकै पर
एकान्तमा एकान्तको हल्ला
त्यही अलौकिक हल्लामा रमाएको छ
एक अपरिग्रही
अनासक्त साधु
जो मलाई सदैव बोलाउँछ
तर पनि म जान्नँ
त्यस हल्लामा पवित्र ढोल ठटाउँन……..

जानु पर्छ कि ?
जानु हुन्न कि ?
यही दोधारमा बितिरहेका छन्
मेरा सांसारिक दिनहरू……!!!

: नरेन्द्र पराशर

http://narendraparasar.blogspot.co.uk/2013/01/blog-post_5521.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *