Skip to content

ईश्वरमान रञ्जितकार

इतिहास: पहिलो एसियाली सांस्कृतिक सम्मेलन

  • by

केही दिन अघि नेपालभाषाका महाकवि एवं कविकेशरी स्व. चित्तधर हृदयको ‘जिगु जातः’ (मेरो चिन्हा) नामक आत्मकथा पढिरहँदा उक्त पुस्तकको पृष्ठ नं. १६१ मा एक ठाउँमा ‘२००९ फागुन २९ गतेका दिन नःघल टोलमा मातृकाप्रसाद कोइरालाको सभापतित्वमा एउटा सभा बस्यो

एसियाली लेखक महासम्मेलन दिल्लीमा पूर्व-तयारी सन्दर्भ भने नेपालमा

  • by

एकदिन घरमा पुराना पुस्तक-पत्रिका आदि पल्टाइरहँदा संयोगवश मोटो जिल्दा भएको एउटा कापी पाइयो । कापी पल्टाएर हेर्ने बित्तिकै पहिलो पृष्ठमै ‘न्यु दिल्लीमा लेखक महासम्मेलनमा पठाउनेबारे प्रारम्भिक समितिको माइन्युट बुक २०१३ भदौ’ लेखिएको पाएँ साहित्यका पाठकको निम्ति यो अभिलेख ऐतिहासिक घटना भई अति महत्त्वपूर्ण हुनुको साथै नौलो र रोचक विषय पनि भएको हुँदा सोही माइन्युट बुकको आधारमा त्यस समितिद्वारा गरिन लागेको कार्ययोजनाबारे सङ्क्षिप्त विवरण प्रस्तुत गर्ने प्रयास यहाँ भएको छ ।

शेक्सपियरका केही कृतिको नेपाली अनुवाद

  • by

प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुर राणा वि.सं. १९०६-०७ तिर बेलायत यात्राबाट फर्केपछि पश्चिमी साहित्य र संस्कृति नेपाल भित्र्याउने चेष्टा गरियो । तदनन्तर अर्का राणा प्रधानमन्त्री चन्द्रशमशेरले बेलायत भ्रमणपछि नपाली विद्यार्थीहरूले उच्चशिक्षा प्राप्त गर्न भारत भूमि जान नपरोस् भन्ने मनसायले देशभित्रै वि.सं. १९७५ मा त्रिचन्द्र कलेजको स्थापना गरे । यसपछि नेपाली विद्यार्थीहरूले अङ्ग्रेजी साहित्य पठनपाठनमा निकै अभिरुचि देखाए । तीमध्येमा पनि विशेष गरी १६औँ शदीका अङ्ग्रेजी साहित्यका मूर्धन्य नाटककार विलियम शेक्सपियरका कृतिहरूमा ।

डेनमार्कका नेपालविद् हायन्स जोर्गेन्सन्

  • by

जिन्दगीमा हिमाली भूमि नेपालमा कहिल्यै नआई तथा कुनै पनि नेवारसँग प्रत्यक्ष भेटघाट नै नगरी जर्मनको लोकसाहित्य सङ्ग्रहालय तथा अक्सफोर्ड विश्वविद्यालयको राजकीय पुस्तकालयमा उपलब्ध नेपालभाषाका पाण्डुलिपिहरूको स्वतन्त्र अध्ययन गरी बीसौँ शदीको मध्यभागतिर युरोप महादेशमा नेपालभाषाको प्रचार प्रसारमा महìवपूर्ण योगदान दिनेहरूमा एकजना प्रमुख हुनुहुन्छ- डेनमार्कका डा. हायन्स जोर्गेन्सन । उक्त काममा उहाँले निर्वाह गर्नुभएको महìवपूर्ण भूमिकालाई ध्यानमा राखेर नै उहाँलाई नेपालविद् भनिएको हो ।

वी.पी. कोइरालाका कृतिहरूको अनुवाद

  • by

आधुनिक नेपालको राजनीतिक वृत्तमा मात्र नभई नेपाली आख्यान साहित्यमा पनि एउटा सुपरिचित एवं सुप्रतिष्ठित नाम हो विश्वेश्वरप्रसाद कोइराला ।