साहित्यिक रिपोर्ट
कवितामा प्रेम
यसपाली ‘आरम्भ’ले आफ्नो ६७ औ शृंखला अलिक प्रिथक तरिकाले साहित्य कार्यक्रम गर्यो ।
प्रणय दिवसको अवसरमा आयो जना गरिएको उक्त कार्यक्रममा उपस्तित सबै कवि तथा दर्शकहरूलाई गुलाब फूल प्रदान गरिएको थियो । महिला सहभागीलाई अरम्भका अध्यक्ष प्रेम ओली ढकलपुरेले गुलाबको फूल प्रदान गरेका थिए भने पुरषलाई सहभागीलाई सुशीला खड्का हसिनाले प्रदान गरेकी थिइन् ।

रामेछापका गोष्ठीहरू
‘लेखकलाई एकान्त देऊ, एकान्तवस्थाले लेखकलाई झन ‘क्रिएटिभ’ बनाउँछ ।’ विश्वका महान् लेखकको उक्ति हो – यो । तर कतिपय अवस्थामा लेखक समूहमा घुलमिल हुन खोज्छ नै । यो उसको मानवोचित गुण हो । सधैं एकान्तमा रहेर र लेखेर पनि हुँदैन त्यसलाई प्रकाशन गर्नु वा भावनाको सार्वजनीकीकरण उसको चाहना हो ।
अथवा यसो भनौं । लेख्नु लेखकको पहिलो कर्तव्य र प्राथमिक कर्तव्य हो । प्रकाशन उसको दोस्रो कर्तव्य हो । अनि त्यसबीचको सुन्ने र सुनाउने काम उसको अनिवार्य जस्तै तेस्रो कर्तव्य हो । यहाँ मैले सुन्ने सुनाउने कामलाई नै पछिल्ला अनुच्छेदहरूमा गोष्ठी भनेर भनेको छु ।
पिट्सवर्गमा ‘दि प्याथेटिक जर्नी’को घुम्टो खोलिदाँ
पेन्सेल्भेनिया राज्यको सुन्दर सहर पिट्सवर्ग । अलि अलि उठेका क्षितिज जोड्ने खोज्ने डाँडाकाँडा । अनि बाइरोडको जस्तै घुमौरो बाटो । उकाली ओराली अनि भञ्ज्यांग चौतारी । लाग्थ्यो, हामी कतै नेपालकै कुनै भूभागमा टेकिरहेका छौं । तर, चिटिक्क परेको सफा सहर, चिल्ला सडक र सुकिला गाडीहरू । यिनीहरूले भने हामीलाई नेपाल बिर्साउने छुट दिदैनथे ।

यसरी नै फुलिरहोस् सयपत्री
काभ्रे जिल्लालाई साहित्यको उर्वर भूमि मानिन्छ । यही उर्वरभूमि कला, साहित्यको खेती हुने गर्दछ, र अनेकौ कृतिहरूको सिर्जना भएको छ । काभ्रेली भूमिमा बिजारोपण भएका कतिपय सामाजिक तथा साहित्यिक संघ संस्थाहरू विलय हुने गएका छन भने कतिपय विभिन्न आरोह अवरोहलाई पार गर्दै गन्तव्य पथमा निरन्तर लम्किरहेका छन । राष्ट्रवादी भावनाले ओतप्रोत ती सामाजिक संस्थाहरू सममाजका गहनाका रुपमा सावित भएका छन । जसको उदाहरणको रुपमा सयपत्री प्रतिष्ठान नेपाल, जनागाल काभेलाई लिन सकिन्छ । वि.स २०५१ सालमा युवा शक्ति नै समाजको बल हो भन्ने नारा लिएर काभ्रेली भूमिमा अंकुराए सयपत्री प्रतिष्ठान आफ्नो स्थापनाको २२ औं वर्ष यात्राहरूलाई पार गर्दै सबैमा सुवाष छर्न सफल भएको छ ।
देवचुली विकास मञ्चको स्रष्टा सम्मान कार्यक्रम एक झलक
देवचुली विकास मञ्च नवलपरासीले आज २०७२ साल भाद्र २८ गतेका दिन कावासोतीको ठाना अगाडिको खुला मञ्चमा तीज विशेष विविध साहित्यिक कार्यक्रममा महिला दिदी–बहिनीहरूलाई शुभकामना व्याक्त गर्दै नवलपरासीका साहित्य स्रष्टा एव म वयोबृद्धा सामाजिक व्यक्तित्त्व सम्मान कार्यक्रमको भव्यरूपमा आयोजना गरेर नवलपरासीका विविध संस्थाहरूलाई कार्यक्रममा सहभागी गराएर कार्यक्रम सफलताको साथमा सुसम्मपन्न गर्यो ।
नवलपरासी साहित्यिक परिषदको साहित्यिक कार्यक्रम एक झलक
नवलपरासी साहित्यिक परिषदले, २०७२ साल श्रावण ११ गतेका दिन मास्की निवास कावासोतीको हलमा साहित्यकार विश्वेश्वर प्रसाद कोईरालाको ३३औं स्मृति दिवसको सन्दर्भ र कवि दीपक सोतीको सुभ जन्मोत्सवमा स्रष्टासम्मान, रचनावाचन तथा वी.पी. बिचार आदान प्रदान कार्यक्रममा छन्देली कवि तथा गजलकार गोविन्दराज विनोदीको प्रमुख आतिथ्यतामा र नवलपरासी साहित्यिक परिषदका सभापति श्रीविष्णु लामिछानेको सभापतित्वमा भव्यरूपमा साहित्यिक कार्यक्रम सुसम्पन्न गर्यो ।
त्रिवेणी साहित्यिक परिषदको रजतजयन्ती तथा कृति विमोचन कार्यक्रमको एक झलक
त्रिवेणी साहित्य परिषदले २०७२ साल असार १५ गतेका दिन शिव उच्च मा. वि. कावासोती नवलपरासीमा कृति विमोचन, कविता वाचन सहित अति मीठो रूपमा रजत जयन्ती मनायो ।
यस रजत जयन्तीको सभापतित्व संस्थापक सदस्य पुष्पराज कोइरालाजीले गर्नुभएको थियो भने प्रमुख अतिथिमा लकास पौडेल हुनुहुन्थ्यो, विशेष अतिथिमा शिव मा.वि.का प्र अ. चुणामणि शर्माको साथै अतिथिज्यूहरूमा कृष्णादेवी शर्मा श्रेष्ठ, दशरथ तिवारी, डा. धनपति कोइराला, भूसभ गण्डषि, रामहरी शर्मा (शराह), सदानन्द अभागी, दीपक सोती, राधा पाण्डे, लोकनाथ खरेल लगायत लीला मास्की राना, वेदप्रसाद ढकाल, मुना चालिसे, धनबहादुर मास्की राना, हिमलाल चापागाई अर्जून अविरल, सञ्जय भट्टराइ लगायतका साहित्यकारहरूको उपस्थितिमा प्रमुख अतिथि लकास पौडेलले मैनबत्ती बालेर उद्धाटन गर्नुभयो ।
साधाना–सगमको १२औं घुम्ती शृङ्खलाको साहित्यिक कार्यक्रमको संक्षिप्त विवेचना
पानी सिमसिम परिरहेको थियो, २०७१ साल पुस महिनाको १९ गतेका दिन नवलपरासीका सबै साहित्यिक व्यक्तिहरू साहित्यकार दीपक सोतीको घरमा दिनको १२ बजे जम्मा हुने र भनिएको थियो तर पानीको कारणले गर्दा समयमा जम्मा हुन सकिएन । मलाई साधना –सगमको कार्यक्रम सञ्चालन गर्ने पुस्तिका हेर्न मन जाग्यो ।
साधना–संगमको स्थापना २०७० साल भाद्र महिनाको ८ गते गरिएको कुरा जानकारीमा आयो ।
पलेटीमा गजल तथा कृति विमोचन कार्यक्रम सुसम्पन्न एक झलक
कार्यक्रम परिचय
चितवन जिल्लामा समय समयमा विविध संस्थाहरूद्वारा केही न केही साहित्यिक कार्यक्रम भै नै रहन्छन् । यही आश्विन २५गतेको दिन अग्रगामी समाज नेपालले सगुन पार्टी पयालेस, भरतपुरमा निकै आकर्षक कार्यक्रम सञ्चालन गर्यो । यस कार्यक्रमको सभापति अग्रगामी समाजका संस्थापक अध्यक्ष राजेन्द्र रिजालले गर्नुभएको थियो भने प्रमुख अतिथिमा पारस प्रकाश नेपाल हुनुहुन्थ्यो । विशिष्ट अतिथिमा डा. घनश्याम परिश्रमी रहनु भएको थियो ।
नवलपरासीको गैंडाकोटमा संरक्षण कविता आन्दोलनको ५८ औं शृंखला सम्पन्न
संरक्षण कविता आन्दोलन कविताको माध्यमबाट जीवन र जगतको संरक्षण यात्रामा क्रियाशील नेपाली कविताको मौलिक राष्ट्रिय आन्दोलन हो । कविहरूले कुनै ठाउँको प्रकृति र संस्कृतिका विम्बहरू टिपेर कविता लेखेपछि सर्वप्रथम तद्स्थानीय मानिसहरूको माझमा नै ती कविताहरू सुनाइनु पर्दछ र कविताको वास्तविक उद्वोधन पनि हाम्रा गाउँघरका जनजीवनको अध्ययनबाट नै हुन सक्तछ भन्ने अवधारणा एवं “जीवनका लागि संरक्षण र संरक्षणका लागि जीवन” भन्ने उद्घोषका साथ नेपाली साहित्यका मूर्धन्य हस्ताक्षर तथा कवि सरुभक्तको संयोजकत्वमा २०५५ साल आश्विन २६ गते मुस्तांगको मुक्तिनाथस्थित रानीपौवामा पाँच सूत्रीय घोषणा पत्र जारी गरी स्थापना भएको यस संरक्षण कविता आन्दोलनले मधेश र पहाडका ग्रामीण क्षेत्र तथा चेपांग बस्तीहरूमा पुगेर कविता यात्राको ५८ वटा शृंखलाहरू पार गरेको छ र हालै यसको पछिल्लो अर्थात् ५८ औ शृंखला चितवनका कविहरूको विशेष सक्रियता र मौलाकालिका धार्मिक संरक्षण समिति एवं सूर्यभक्त – पतनादेवी मेमोरियल (एस पि एम ) कलेजको व्यवस्थापकीय संयोजनमा नवलपरासीको गैंडाकोटमा सम्पन्न भएको छ ।
अनेसास नेपाल च्याप्टरको आयोजनामा ‘बन्दीपुर स्रष्टा यात्रा’ कार्यक्रम सम्पन्न
कवि लेखकहरूको सहयात्रा आफैंमा साहित्यिक यात्रा हो । सिर्जनात्मक अभिव्यक्तिहरूको माध्यमबाट नै उनीहरू सिर्जनशीलताको इतिहास र अभिलेख निर्माण गर्दछन् । नेपाली साहित्यमा प्रचलित पुरानो मोती मण्डली, राल्फाली आन्दोलन र सडक कविता क्रान्ति जस्ता प्रयोगहरूपश्चात् संरक्षण कविता आन्दोलनको क्रममा तद्स्थानीय विम्बहरूलाई टिपेर कविता लेख्ने र सुनाउने मौलिक परम्पराको सुरुआत भएको र आजभोलि स्रष्टाहरूको यात्राले केवल सिर्जनाहरूमा पोखिनुको अतिरिक्त मिसन यात्राको रूप समेत धारण गरेको पाइन्छ । यसै सन्दर्भमा २०७० माघ ११ र १२ गते (शुक्रबार र शनिबार) अन्तराष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको आयोजनामा नेपाली साहित्यको विश्वव्यापीकरणका लागि विहङ्गम दृष्टिकोणका साथ सिर्जनात्मक अवधारणा र निर्णयहरू पारित गर्दै ‘बन्दीपुर स्रष्टा यात्रा’ कार्यक्रम सम्पन्न सफल भएको छ ।
पन्नाको थारु कथा सङ्ग्रह विमोचित
थारु लखागिन महिला समुह सुर्खेतको आयोजनामा भएको वीरेन्द्रनगरमा एक समारोह बीच मानवहादुर चौधरी पन्नाद्धारा लेखिएको थारु भाषाको कथा सङ्ग्रह “ककन्डरान छोट्की” कृतिको लोकार्पण भएको छ । कृतिको लोकार्पण मध्यपश्चिमाञ्चल विश्वविद्यालयका प्राज्ञिक व्यक्तित्व उपकुलपति प्रा. डा. पदमलाल देवकोटाले गरेका हुन् । यसभन्दा अगाडि साहित्यकार पन्नाका थारु कविता संग्रह ढुकढुकी थारु भाषाकै पहिलो खण्डकाव्य किसानके जिन्दगी, अनुसन्धानमुलक कृति थारु लोकगाथा थारु सखिया नाच गीत, थारु गीति सङ्ग्रह भ्यावक घर, एवं विभिन्न पत्रपत्रिकामा लेखरचना प्रकाशित छन् ।
तेस्रो अनेसास अन्तर्राष्ट्रिय पुरस्कार वितरण तथा कवि गोष्ठी – देखेको लेखेको
अ.ने.सा.स.को नामबाट ७० वटा शाखा विस्तार गरेर आप्रवासमा नेपाली साहित्यको विकासमा उल्लेखनीय काम गर्दै आएको वास्तविकतालाई कसैले नकार्न सक्दैन । तर वर्तमान अवस्थामा साहित्यलाई बुझेकोभन्दा बुझ्न थालेको र बुझ्ने अवस्थामा रहेकाहरूको भीडमा रुमल्लिरहेको भन्ने समाचारले बिस्तारै जरा गाड्दै गएको छ । पुरानाहरूले निरन्तरता दिदैजानुको साटो छोड्दै जानुले पनि यो कुरा प्रमाणित गर्दै गएको छ । संस्थालाई हिङ बाधेको टालोको रुपमा कहिलेसम्म देखाउने ?
‘चितवनका कवि र कविता’ कृतिको लोकार्पण तथा संरक्षण कविता आन्दोलनको ५७ औं शृंखला सम्पन्न
संरक्षण कविता आन्दोलन कविताको माध्यमबाट संरक्षण चेतना अभिवृद्धि गराउने नेपाली कविताको मौलिक राष्ट्रिय आन्दोलन हो । आफ्ना सर्वकालिक र सार्वभौमिक उद्देश्यहरूका कारणहरूले यो आन्दोलन कुनै समय, सन्दर्भ र स्थान विशेषमा सीमित छैन अनि कुनै उद्देश्य पूर्ति भए पछि टुंगिने भाषिक अभियानहरूभन्दा यो पृथक छ र वीजको आन्दोलन माटोमा चले झैं निरन्तर चलिरहने यो आन्दोलन कुनै वाद या परिवेश र परिस्थितिको आयतनमा अटाउँदैन।