उदास छ दिन पनि निरास छ यो रात किन
दर्द छ मुस्कानमा छ कपट सब बात किन
झुटो भनुँ म कसलाई साँचो यहाँ को छ र
अविश्वासमा जेलिएको छ यहाँ हरेक साथ किन
जो चोर हो उही भन्छ म साधु हुँ म सन्त हुँ
अरु असत्य म सत्य हुँ शुरु हुँ म अन्त हुँ
उपकार गरे अपकार भई तोडिन्छन ती हात किन
जो झुक्छ नम्र भई सधैँ फोडिन्छन ती माथ किन
रंगिएको छ जो यहाँ निर्दोषको रगतले
उसैलाई बुद्ध भनी पुज्छ यहाँ जगतले
झस्कन्छु त्यसै त्यसै म हल्लिदा नि पात किन
म ठूलो हुँ तँ नीच होस् अनेक थरी छन् जात किन
उज्यालो लिई घुमें जगत भेटिन प्रेम कतै पनि
देखिन शिव बुद्ध कृष्ण ईशा राम कतैपनि
मारकाट सबैतिर छ रक्तपात यहाँ किन
छैन शान्ति चित्कार मात्र छ खात खात यहाँ किन ।

Comment
अत्यन्तै सुन्दर कविताका हरफहरु पढ्न पाँउदा खुशी लागेको छ……. आगामी दिनहरुमा समेत यस्तै सिर्जनाहरु पस्कनु भइ हाम्रो तिर्सना मेटिदिनु भए आभारी हुने छौँ……..
धन्यवाद
अत्यन्तै सुन्दर कविताका
अत्यन्तै सुन्दर कविताका हरफहरु पढ्न पाँउदा खुशी लागेको छ आगामी दिनहरुमा समेत यस्तै सिर्जनाहरु पस्कनु भ इ हाम्रो तिर्सना मेटिदिनु भए आभारी हुने छौँ
धन्यवाद