कोही त छ पक्कै कतै


कोही त छ पक्कै कतै
जस्ले मलाई सुन्दैन तर सुन्नेछ एकदिन
कोही त छ पक्कै कतै
जस्ले मलाई चिन्दैन तर चिन्नेछ एकदिन

साँझपख जब म निस्कन्छु बाहिर
दिल भित्र बज्छ मिठो गीत
वज्न थाल्छ कोमल मृदु संगीत
मेरो मनलाई चिर्दै जान्छ
उसको अस्तित्वलाई मेरो हृदयले मान्छ

शायद कोही त छ पक्कै कतै
जसले मलाई नचाएको छैन तर नचाउने छ एकदिन
कोही त छ पक्कै कतै
जसले मलाई सजाएको छैन तर सजाउने छ एकदिन

त्यो अस्पष्ट मुहार अनदेखा आकृति
प्रतिविम्बमा नै यस्ति झन्
देख्दैमा कस्ति होलिन ती
जस्को प्रत्येक धडकन म महशुस गर्न सक्छु
जस्को कल्पनाले मात्रै म मेरो निराश पलमा
अनगिनत मिठास छर्न सक्छु
जस्को केशराशी को कोमल झोक्का
हरपल जिस्काउने गर्छ मलाई
जसको मिठो मुस्कानले
घोर निद्रामा पनि
झस्काउने गर्छ मलाई

कोही त छ पक्कै कतै
जसले मलाई देख्तैन तर देख्ने छ एकदिन
कोही त छ पक्कै कतै
जसले मलाई लेख्तैन तर लेख्ने छ एकदिन

म पर्खिरहेछु उसलाई नै
हेर्दै रातो घामलाई हरेक विहानी
जसलाई पाउने चाहनामा हरेक रात
भिज्ने गर्छ सिरानी
मलाई विश्वास छ उसलाई पाएर एकदिन
असफलताका अनगिनत कहानीहरूमा
पूर्णविराम लगाउँदै
सफलताको एक इतिहास रच्नेछु
मर्नु नै किन नपरोस् तर जीवनभर
उसैलाई पर्खेर बस्नेछु

कोही त छ पक्कै कतै
जसलाई हरेक चाँदनी रातमा म देख्न सक्छु
कोही त छ पक्कै कतै
जस्को मिठो मायाले म अनैकौँ बाधाहरू छेक्न सक्छु
कोही त छ पक्कै कतै
जसको न्यानो मायाले म आफूलाई सेक्न सक्छु
कोही त छ पक्कै कतै
जसलाई म यति राम्ररी लेख्न सक्छु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *