तिमीलाई देखेपछि मैले गीत लेख्न थाले
उराठ लाग्दो जिन्दगीमा प्रीतै प्रीत देख्न थाले
जति सोच्छु तिम्रो बारे तिम्लाई पाउने आशामा
हत्केलाले घाम को ज्योति मैले अब छेक्न थाले
तिम्रो मुहार हासो खुसी देख्न पाए भैगो मलाई
तिम्ले जित्यौ अग्लो शिखर मैले अब टेक्न थाले
मलाई देखी बोल्दिनौ है टाढा टाढा भागी हिन्छौ
तिम्रो नाम छात भित्र मैले अब लेख्न थाले
एक्लै हुदा जब म सम्झन्छु है तिमीलाई
सबैभित्र तिमी तिमी तिमी मात्रै देख्न थाले
