Skip to content

माफीका लागि निवेदन


धैरै दिन बितेछ तिम्रो हँसिलो मुहार नदेखेको
जस्तो कि घामलाई बादलले छेकेको
धैरै दिन भो माफिका लागि निवेदन लेखेको
तर किन हो तिमीले मेरो आँखाको आँशु नदेखेको ?

मेरो प्यारो साथी जब जब म केही लेख्छु
मेरो हरेक कथा अनि कविताहरूमा
म तिमीलाई नै देख्छु
साथी होस् त तिमी जस्तो
म त खै कस्तो खै कस्तो
तिम्रो जुत्तामा पनि नसुहाउने जस्तो
यो त तिम्रो वडप्पन पो हो त
तिमीले मलाई आफ्नो साथी मानेको
तिम्रो असल मित्रताले मलाई हर्दम
तिमितिरै छ तानेको |

तर मबाट केही गल्ती भयो
तिम्रो मनमा म प्रति आशंका रहयो
तर प्लिज मलाई माफ गरिदेऊ
तिम्रो रिसको बारीमा मुस्कानको बिउ छरिदेऊ
हेरन म चाहन्छु कि सबै खुसीरहुन
तर खै के हुन्छ सबैको चित्त दुख्छ
म चाहन्छु हरेकको मनमा प्रेमको फूल फुलोस्
म जान्दिन शायद त्यसैले
ओइलाएर त्यसै त्यसै सुक्छ
अनि आफैँले आफैँलाई धिक्कार्छु
मेरो आत्माले मलाई नै थुक्छ |

पियारो साथी
म सोचिरहेछु घोत्लिएर
हो त साथी
तिमीलाई चिनेको पनि दिनौँ बितेछ
हप्तौँ महिनौँ अनि वर्षौँ बितेछ
तर आज आएर मैले तिम्रो मन भाँचेछु
तिम्रो दिलमा दर्द र आँशु टाँसेछु
प्लिज एक पल्ट मलाई सुनिदेऊ न ल
मेरो गल्तीलाई माफीको डोरीले उनीदेउन ल |

जिन्दगीको यात्रा गर्ने क्रममा
दुई चार पाइला मात्र केसँगै हिनेथ्यौँ
मेरो पियारो साथीको क्रोधाग्नि त भक्भकि बलेछ
शायद त्यसैले होला chatमा
मौनताका कटु बाणहरू चलेछ |

ए साथी म त एउटा मान्छे न हुँ
फगत मान्छे
देउताले त गल्ती गर्छ
यहाँ को छ त्यस्तो जो हमेशा
सही सहि अनि फेरि पनि सही मात्रै गर्न सक्छ ??
तिमीलाई भलो हुन्छ भने यो साथी
तिम्रो लागि आफ्नो प्राण दिएर मर्न सक्छ |

ए मेरो कठोर दिल भएकी साथी
किन यस्तो ज्वारभाटा चलाउँछौ म माथि
तिमीलाई थाहा छैन क्यारे
म कति दिन देखि रोएको छु
पश्चातापका आँशुले दुई नेत्र धोएको छु
फेरि तिम्रो मन नदुखाउने कसम खाँदै
मैले मेरी आमाले पूजा गर्ने जोर ढुंगा छोएको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *