Skip to content

न रोग छ यो तनमा छ शोक मात्र मनमा

न रोग छ यो तनमा छ शोक मात्र मनमा
न भोक छ शरीरमा छ आँशु मात्र नयनमा
म हरेक समय एक्लिएर बाँच्न सक्छु कति यहाँ
भएर नि सबै कुरा छैन पूर्ण जीवनमा

विरक्तिएर म सधैँ हेरी रहेछु त्यतै तिर
बोलाउँछौ भनेर म हेरीरहेछु त्यतैतिर
छैन आवाज कतै पनि शान्ति छ सबैतिर
भएर नि शान्ति अशान्ति छ जीवनमा

बिताएका पल मिठा बसेका छन मसँगै
तीमी हाँसेका क्षण सबै बसेका छन् मसँगै
छैनौँ तिमी कतै यहाँ छ सम्झना जताततै
राखेर तिम्रो सम्झना छ आश मात्र जीवनमा

खोज्छु म हरेक बिहान सुर्यको प्रकाशमा
हेर्छु जून भित्र सधैँ म भेटदिन आकाशमा
न आकाशमा न प्रकाशमा छौ मेरो आभाषमा
आत्मा छ तिमी तिरै छ शरीर मात्र जीवनमा

आवाज देउ कहाँ छौ म दौडिएर आउँला
भरेर संगित प्रितको गीत मिठो म गाउँला
तीमी मै विलिन भै पूर्णता म पाउँला
अपूर्ण छु तिमी विना छौ तिमी मात्र जिवनमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *