Skip to content

प्यारा तारा

आकाशमा टोलाई हेर्छु चमचम चमचम सुन्दर तारा
जब जब हेर्छु मिठो हाँसो जगमग जगमग दुनियाँ सारा
भारी आँखा नभमा पुग्छन एक्लो हुन्छु म जगबाट
सुख दुखका यी मेरा साथी हेर्दै लाग्छन हरदम प्यारा
हरएक तारा साह्रै प्यारा साँचो प्रित मित लाउँछन्
कोमल मुस्कान माथिबाट फ्याँक्दै जीवन गीत गाउँछन्
मान्छेहरुको भीडमा जब कठोरताको आभास मिल्छ
सितलताको अनुपम संगीत भर्दै जगमा धुन सुनाउँछन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *