सुरेन्द्र महर्जन अमर
बाँचौं हामी
मनमा बलेको आगो निभाएर हाँस्दै हाँस्दै बाँचौं हामी
शान्तिको खोजीमा बुद्ध सम्झी रिस फ्याँकी हाँसौं हामी ।
न तेरो न मेरो संसारको माया क्षणभर रमाइलो हाँस्दा सुख
जिन्दगिरहे सुख अनि छलकपटमा मिल्छ केवल सधैं दु:ख ।
आफ्नो सम्झे सबै आफ्नो भगवान साथ साथ हुन्छ हाम्रो
कोही छैन पराई सम्झे सबै आफ्नो हुन्छ संसार भन्नू हाम्रो ।
शान्तिको खोजी
मनमा बलेको आगो निभाएर हाँस्दै हाँस्दै बाँचौं हामी
शान्तिको खोजीमा बुद्ध सम्झी रीस फ्याँकी हाँसौं हामी ।
न तेरो न मेरो संसारको माया क्षणभर रमाइलो हाँस्दा सुख
जिन्दगी रहे सुख अनि छलकपटमा मिल्छ केवल सँधै दु:ख ।
आफ्नो सम्झे सबै आफ्नो भगवान साथ साथ हुन्छ हाम्रो
कोही छैन पराई सम्झे सबै आफ्नो हुन्छ संसार भन्नू हाम्रो ।
शुभकामना
शुभकामना नयाँ वर्ष अनि नयाँ दिनको
सफल रहोस् सदासदा फेरी आउने दिनको ।
हाँसेर बितोस दिनहरु सँधै सँधै हरेक पल
चिन्तापीडा नहोस् कसैले गर्न नसकोस छल,
उपहार शब्दहरु आजका सुन्दर दिनको
सफल रहोस् सदासदा फेरी आउने दिनको ।
सुखमय जीवन खुशीमा उल्लास मय होस्
सपनी पनि आफ्नो बिपनी पनि आफ्नै होस,
उपहार शब्दहरु आजका सुन्दर दिनको
सफल रहोस् सदासदा फेरी आउने दिनको ।
भगवान
उकालो ओरालो मन मन्दिरमा भगवान
यात्रामा खोज्दै जाँदा जताततै भगवान ।
मान्छेभित्र पनि उनकै रूप हुँदो रहेछ
जन्मेपछी समय निरन्तर चल्ने रहेछ,
रोकेर रोकिन्न समय चली रहन्छ संसार
यात्रामा खोज्दै जाँदा जताततै भगवान ।
फुलेर पनि ओइलाउँछ फूल दुनियाँमा
झरेको होस् या टिपेको फूल मन्दिरमा,
आफ्नै सृष्टि जन्म मृत्यु गराउने भगवान
यात्रामा खोज्दै जाँदा जताततै भगवान ।
