Skip to content


मुटुभित्र तिमीलाई राखेर एक्लै हाँसिरहेँ
तिम्रो साथ यादमा नदी झैँ बगिरहेँ ।

आफन्त पनि टाढा हुन्छन् दु:ख पीडामा
सँगै हुन्छ सधैं छायाँ केवल साथमा,
जिन्दगी भन्नू मिलन अनि बिछोड रैछ
अरु टाढा भए नि यादसँग छाँया हुँदो रैछ ।

आँखाबाट भित्र पसी मनको कुनामा बसेछौ
मुस्कुराउँदै हृदयको चाल बनी साथै लुकेछौ,
फूल झैं सुन्दर नओइलाउने पत्थर जस्तो
के भनु तिमीलाई तिमी मनको धड्कन जस्तो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *