Skip to content


जसरी चम्किन्छ हिरा उस्तै तिमी
फूल ओइलाउँछ हिमाल झैं तिमी ।

हँसिलो मुहार तिम्रो सूर्य जस्तै तिमी
बग्ने गंगा झैँ चंचल सुन्दर छौ तिमी,
गर्मीमा सितल हावा जस्तै उस्तै तिमी
फूल ओइलाउँछ हिमाल झैं तिमी ।

चन्द्र झैं राम्रो धर्तीको फूलबारी तिमी
मन मनमा बस्ने सबको प्यारो तिमी
बाचूँन्जेल साथमा बाँच्नु पर्छ हामी
फूल ओइलाउँछ हिमाल झैं तिमी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *