ॐ नम: शिवाय
मनमा आयौ अनि मनमै बस्यौ भोले बाबा शिव तिमी
बाचूँजेल जप गरुँ मन्दिरमा भेटौं परेलीमै देखूँ तिमी
ॐ नम: शिवाय ॐ नम: शिवाय ॐ नम: शिवाय ।
जमेर को मर्दैन पीर छैन मर्नमा साथ तिम्रो रहेसम्म
हाँस्दै बाचूँ रीस फ्याँकेर सुख तिम्रो साथ भएसम्म
ॐ नम: शिवाय ॐ नम: शिवाय ॐ नम: शिवाय ।
शरीरमा के छ मनमा जे छ ध्यान गरुँ चित्त शुद्ध गरेर
जीउँदै जप गरुँ प्रभु तिम्रो बाचूँ सँधै तिम्रै नाम लिएर
ॐ नम: शिवाय ॐ नम: शिवाय ॐ नम: शिवाय ।

वीर नेपालीहरूको शिर हो सगरमाथा