Skip to content


दिलभित्र सजाएँ तिमीलाई आफ्नो ठानेर
जीवन जिउँदै म मुटु तिमी धड्कन मानेर ।

फूलबारीमा माहुरी झुम्छन जस्तै फूलसँग
मन मेरो उस्तै बाँच्न चाहन्छ तिमीसँग,
माया दिएँ माया देऊ मेरो आफ्नो ठानेर
जीवन जिउँदै म मुटु तिमी धड्कन मानेर ।

मेरो भन्नु तिमी तिमी मेरो जिन्दगी जस्तो
हामी दुई अलगअलग एक बनु जस्तो,
कोमल मुटु नदुखाऊ बाचूँ माया साटेर
जीवन जिउँदै म मुटु तिमी धड्कन मानेर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *