मन त हो कहाँ पुग्छ पुग्छ सधैंभरि
हाँसेर बाचूँ भन्छु हराएँ फूलभरी ।
यादै यादमा हराई पाउन्न म केही
हावा झैं बहूँ सपना सजाउँ यही,
हराउने मनलाई बुझाउँ कसो गरी
हाँसेर बाचूँ भन्छु हराएँ फूलभरि ।
छायाँले साथ छोडे एक्लो हुन्छु
आँसु न हो झरे झरोस धेरै रुन्छु,
मनमा आश बोकी नबाचूँ सधैंभरि
हाँसेर बाचूँ भन्छु हराएँ फूलभरि ।
