Skip to content


आफ्नो सम्झी भूल गर्नु हुन्न रै” छ पराईलाई
माया पनि उसलाई आफू रित्यो बन्नलाई ।

दु:ख पर्दा नझरे आँसु परेलीमा हुन्थ्यो सधैंँ
मन दिएर भूल गरें एक्लो छु एक्लै हुन्छु सधैंँ,
आफैसँग छैन मन मनबिनाको मान्छे हुनलाई
माया पनि उसलाई आफू रित्तो बन्नलाई ।

सपनाहरू फुल्न थाल्छन् आश जिन्दगानी
कल्पनामा फुलेर बाँच्न चाहेँ यही जिन्दगानी,
छातीभित्र वास बस्ने याद उपहार आँखालाई
माया पनि उसलाई आफू रित्तो बन्नलाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *