सुरेन्द्र महर्जन अमर
फुटेर हैन
फुटेर हैन जुटेर बिहानीको सूर्य किरण जस्तो बनी
नेपाल आमा हँसाउन ईश्वरलाई चडाउने फूल बनी
नेपाली हामी एक बनौं आमाको सपनाहरू यही ।
हाँस्दै बाँच्नु जिन्दगीको मजा बेग्लै रीसमा छैन केही
एक नेपालीलाई दु:ख पर्दा साथ दिनु सुख सब यही,
हिमाल पहाड तराईका फाँटमा फुल्ने फूल झैं बनी
एकताको बीउ छरौं बाँच्न सिकौं हामी एक बनी ।
आशाको दीप बालौं अँध्यारो हटाइ उज्यालो खोजौँ
मन्दिरमा बस्ने ईश्वरलाई पूजा गरि मनभित्र खोजौं,
मान्छे मान्छेभित्र पनि ईश्वर पूजा गरौं मान्छे बनी
एकताको बीउ छरौं बाँच्न सिकौं हामी एक बनी
हाँसेर जीउन
हाँसेर जीउन खोज्दै छु बादल पारीको देशमा
जहाँ सुख हुन्न किन रमाइलो गरुँ त्यो ठाउँमा ।
जिन्दगीको कथा सबको अलग अलग हुने
देखिन्छन् सब हाँसेको मनभित्र पीडा लुक्ने,
आफ्नो ठानी माया बाँडे व्यथा बस्ने मनमा
जहाँ सुख हुन्न किन रमाइलो गरुँ त्यो ठाउँमा ।
आफ्नो पनि आफ्नो हुन्न मरेपछि किन होला
बगेपछि फेरि उल्टो फर्किन जस्तै नदी नाला,
आश अलग मान्छेहरूका रहर हुन्छन् मनमा
जहाँ सुख हुन्न किन रमाइलो गरुँ त्यो ठाउँमा ।
आखिर एक
रामको नाम लिउँ कि श्याम आखिर एक रहेछ भगवान
मन्दिरमा मात्रै हैन सबको मनभित्र बस्ने उनै भगवान ।
मेरो तेरो तेरो मेरो आखिर को हौं हामीहरू
मान्छेभित्र हुन्छ भगवान सम्झे सबै मान्छेहरू,
रूप फरक फरक उनको आखिर एकै हुन भगवान
मन्दिरमा मात्रै हैन सबको मनभित्र बस्ने उनै भगवान ।
माटो पानी धुवाँ हावा आखिर मिल्ने ठाउँ सबको एकै
यो धर्म त्यो धर्म भन्नू गलत भगवान आखिर एकै,
रूप फरक नाम फरक धर्म अलग एकै हुन भगवान
मन्दिरमा मात्रै हैन सबको मनभित्र बस्ने उनै भगवान ।
एक हुन भगवान
राम हो या श्याम आखिर एक हुन भगवान
राम राम हरे कृष्ण कृष्ण एकै हुन भगवान ।
चंचल मन यताउता गर्छ सँधैभरी गर्दै जप
मनमा राख्नु हुन्न हाँसीहाँसी फ्याँक्नु पाप,
रीस राग छल छोडी मनमा राखौं भगवान
राम राम हरे कृष्ण कृष्ण एकै हुन भगवान ।
हाँसीखुशी जिन्दगी बाँचौं हुन्छ मन पबित्र
ढुङ्गामा भगवान हुन्छ गर्नुपर्छ मन पवित्र,
तेरो मेरो भन्नू बेकार जप गरौं सँधै भगवान
राम राम हरे कृष्ण कृष्ण एकै हुन भगवान ।
मुक्तक
मतिना
नुग: या खँ नुग: दुने: तया तसा: मतिना खोइ
तापा:क ह्याँथा वंसाँ मिखा: फुसी किपा: वइ
म्वांयत: जित: पाशा माल: नुपा: दुने रहर
लोमंके मफू मतिना झंग बोथें ह्याँबले बोइ ।
माया
मनको कुरा मनभित्र लुकाइ राख्दा माया रुँन्छ
टाढा जाँदा परेलीमा झल्को छाँया बनी आउँछ
बाँच्न मलाई साथी चाहिन्छ मनभित्र रहर
भूल्न सक्दिन मायालाई चरा उडे झैं उड्छ ।
Love
Having a love heart to heart conceals rumncha As magazines and a glimpse of the shadow comes from the remains
I need friends wanted to live heart Can not forget the disaster as love birds fly.
- « Previous
- 1
- …
- 3
- 4
- 5

सधैंँ तिम्रो सामुन्ने म हुँला नहुँला चिन्ता यही