विष्णु प्रभात
अप्ठेरो शीर्षकमा रोचक नियात्रा
निबन्धकार सुनिल पौडेलको पछिल्लो कृति ‘काएगोको देशमा केही दिन’ हालै बजारमा आएको छ । नियात्रा मानव जातिले यायावरी युगसँगै हुर्काएको सम्झनामूलक वृतान्तको यात्रासाहित्य बनेर आएको छ । घुमन्तेका पदचापसँगै मनस्ताप, प्रवृत्ति र परिवेश, परिकल्पना र पीडा, आनन्द र अनुभूति वर्णन गर्दै भाषाको चित्रात्मक प्रस्तुति अथवा चित्रको भाषागत प्रस्तुतिमा व्यक्त हुने यात्रा साहित्यलाई विवरणात्मक, वर्णनात्मक अनुभूतिपरक साहित्यको रूपमा पनि हेर्ने गरिएको छ ।
उत्तरआधुनिकताको सांस्कृतिक शैली
बीसौँ शताब्दीका अनेक धनवादी-भ्रमहरूमध्ये उत्तरआधुनिकता पनि एउटा हो । सुरुमा विश्व-पुँजीवादले अत्याधुनिक प्रविधिका सहारामा ‘श्रमको दक्षतालाई अधिकतम सम्मान’ भन्दै श्रमिक सङ्ख्यामा कटौती गर्ने र प्रतिस्पर्धात्मक बजार व्यवस्थाको नाममा कमजोर उपभोग्य सामग्री उत्पादन गरी परम्परागत उद्योगहरूलाई समाप्त पार्ने अथवा अधिनस्त गर्ने काम सँगै बुद्धिजीवीहरूलाई निजत्व, पृथक्ता, अस्थिर-अडानी, सतही र आत्मकेन्द्री बनाएर विचारधाराको क्षेत्रमा श्रमपरक चिन्तनको सट्टा पुँजीपरक चिन्तनको वर्चश्व कायम गराउने चालवाजीको रूपमा यो सोच अघि बढाएको थियो ।
जिजीविषा
सम्मानित जीवन बाँच्न चाहनेका लागि जिजीविषा एक सङ्घर्ष हो । अथक, अविरल द्वन्द्व, प्रतिस्पर्धा र सम्झौताद्वारा मृत्यु पन्छाउने सङ्घर्ष । लक्ष्यमार्गमा बाधा कहाँबाट खस्छ भन्ने कुरा थाहा पाउन निकै कठिन हुन्छ । आफ्नै भनेका, हितैषी ठानेका व्यक्ति पङ्क्तिबाट जब भित्रभित्रै कैँची चलाइन्छ, तब जीवनको अर्थ फगत् बाँच्नुमा टाँक्सिन्छ र सम्मानित जीवनको भागसँग जोडिन्छ ।
कस्तो हुनुपर्छ भाषानीति ?
भाषाको वर्चस्व समाजको स्वैच्छिक अवलम्बन, विनिमयको बाध्यात्मक आवश्यकता र प्राज्ञिक सम्प्रेषणका आधारमा कायम रहेको हुन्छ । कुनै खास कालखण्डमा कुनै खास भाषाले सामाजिक जीवनमा सांस्कृतिक, आर्थिक र वैयक्तिक प्रभाव पारेको भए पनि त्यही भाषा सदासर्वदा सबै ठाउँ सबै जाति वा राष्ट्रमा प्रचलित भइरहन सक्दैन । बुद्धको समयमा संस्कृतभाषा उन्नतिशील अवस्थामा थियो तर त्यसको वर्चस्व कायम भएको थिएन त्यसो हुँदा बुद्धले पालीभाषा अँगाले ।
मान्छे, स्वास्नी र लोग्ने
स्वास्नी र मान्छेको संयोगबाट बनेकी नारीभन्दा भिन्न, लोग्ने र मान्छेको सम्भोगबाट बनेको पुरुषभन्दा भिन्न-एक्काइसौ सदीका हामी जो छौ ती भूपीका कविताको हामी होइनौ-फगत् पाइतालामा ठडिएका, शङ्कर लामिछानेको निबन्धका प्याज होइनौ-फगत् एब्स्ट्राक्ट चिन्तनमा दरिएका, न त पारिजातको शिरीषका फूल हौ हामी-जो गन्धहीनताको आवरणमा सुगन्ध कल्पिरहेका । देवकोटा लक्ष्मीप्रसादले पोखेको पीडामा हामी पागल ठहरिउला तर प्रधानको विश्लेषणमा त बौलाउनुभन्दा मर्नु निको ! पुख्र्यौली आहृवान हाल्ने भूतका भिनाजुको उल्टो अभिव्यक्ति छ- अभिको ।
