हरि मोहन थापा
यम बुद्ध प्रती श्रद्धाञ्जली
उ मरेर पनि बाचेर गयो
जीवन देखि मृत्यु हारेर गयो
धुवाको लप्को यो अन्तरिक्ष लाई
मण्डालाकार जीवन अर्पेर गयो
उ कुलतलाई याद सुम्पिइ सारा
बाच्ने हौसला दिई फेरि बिलय भएर गयो
साथी सङ्गी अनि नाम चारै तिर छाडि
उसका आवाज अनि अगि बढ्ने प्रोत्साहन दिएर गयो
कायर भयौ तिमी सायद
तर कायर भयौ तिमी सायद
तिम्रा बिबशताले जीवन चुडेर गयो
श्रद्धाञ्जली अर्पण शब्द निशब्द छ्न आज
एउटा फुल फक्रीदैथ्यो आज त्यो नि ओइलाएर गयो
शोक मनाए शुन्यता भो यो नौलो सङ्गित
आज फेरि एउटा बुद्ध उदाहरण भएर गयो
उ मरेर पनि बाचेर गयो
अर्को बुद्ध फेरि उदाहरण भएर गयो
सुन भन्दा चुन टल्किने रैछ
टुक्रेको मुटु दुखेको छाती के सुनाउ ए साथी
सुन भन्दा चुन टल्किने रैछ के सुनाउ ए साथी
सुर्य लाई निलि जुनलाइ पिइ सागर तर्याथ्यौ
अन्धकार भयो बिजुली चम्की के सुनाउ ए साथी
सम्झिने मुटु बल्झिन्छ झन झन दिन भन्दा रातैमा
काटेको घाउमा नुन चुक छर्कि के सुनाउ ए साथी
बलुन्जेल आगो तापेर बसि स्वार्थ को खेलैमा
बन जङ्गल डढ्दा पग्लेन ढुङ्गा के सुनाउ ए साथी
एक तर्फि माया सारै नै गारो न चिन्नै सकिने
मुखमा राम राम बगलमा छुरा के सुनाउ ए साथी
टुक्रेको मुटु दुखेको छाती के सुनाउ ए साथी
सुन भन्दा चुन टल्किने रैछ के सुनाउ ए साथी
नेपाली राजनीति र छताछुल्ल हामी
चुनावी शिलशिलामा मान्य नेताहरूज्यू भोट माग्दै माग्दै गाउँ गाउँ टोल टोल हिड्न थाल्नुभएछ । उहाका कार्यकर्ताहरू अघि-अघि पछि-पछि, यो गर्छौं त्यो गर्छौं, हामीलाई भोट दिएर जिताउनुस, सबैको दुख को निवारण गर्छौ भन्दै नारा लाउदै घर घर हिड्दै रहेछ्न ।
त्यसैमध्येका एकजना नेता पनि आफ्ना कार्यकर्ताहरुका जत्थाकासाथ जनताकै उत्थानका लागि देशैको लागि मैले जेल नेल खाएर गरीब दुखी असहायहरुको लडिरहेको छु कृपया हाम्रो पार्टीलाई यानेकि मलाई भोट दिएर जिताउनुस भन्दै घर घर दैलो दैलो हिडिरहेका रहेछ्न ।
सावधान देउरालीवासी
उफ्फ़ …………..
सुस्केरा ले धकेलेको पवन को प्रबेगलाई
न दाज्न सक्छु म…………….
उठेका प्रत्येक मानवीयताका पाईलाहरुमा
विश्व हाक्ने अधुरा सपना हरु बोकी
अनेकन सिद्धान्त र त्यस्का का अनुयायी हरु
वर्षा ऋतु को झम झम झरी मा
गाऊ गाऊ शहर शहर चारैतिर फैलिएको भयानक डढेलो संगै
भ्यागुता हरुको महाप्रलयको उदघोश जस्तै
नतमस्तक लोलाएका यी मेरा दिवा स्वप्नहरु
…………………………
हरेक दिन औसी को कालरात झैँ कम्पायमान
उर्लिदो खहरे को उचाई सरि
हरपल त्रसित यो मानसपटल मा
मानव जगत को भिषण आगलागी
न छ त्यहाँ कुनै दमकल
न छ कुनै संयन्त्र …………
म के गरौ ?
म मेरो मातृत्व अनि आज को परिवेश
सुक्ष्म सुक्ष्म गरि खण्डिकृत मेरो मौलिकता
आत्मियता सद्भाव अनि नया युगको पुनर्जीवन
हाइ यी मेरा सामाजिक कुण्ठाले फेरि घाटि निचोर्न आइपुग्छ्न
चार जात छत्तीस वर्ण परिवर्तन भैसक्यो
प्रतिगामी भइन्छ त्यो कुरा गरे
अब भन दाजै म के गरौ ?
बोल्ने मे रो सास र सामर्थ्य निरीह
हराउदै गरेका घरका खम्बाहरु
छिमेकीको धुर्बे हात्ती आतंक
मतलब नै छैन याहा कसैलाइ
छ त केवल युद्ध निम्त्याउने जातिय पहिचान को
अब भन दाजै
नेपालै नरहे हामी कुन प्रदेशका रहौला र !!
तिम्रा जोस जागर र भासण
साचै मान्छे उचाल्ने बिरोधाभाष
तेइ माटोको लागि दुई शब्द बोलिदेउ दाजै
कास्टमाण्डपका गुट्खा अनि मेरा सपना
थुकेर थुक र
फोहोर र धुलोको शृङ्गार अनि
पान पराग र गुट्खाको रातो कलरले
अबिरमय बनाएको रहेछ तिमिलाइ
उफ्फ सत्ते होला मैले झन्नै चिन्नै सकिन
ठूलो भयो भन्ने ठानौला
मरिजाम तिम्रा काटिएका पखेटाले तिमी बिरुप भएछौ
किन किन तिम्रा नजरमा मैले देख्ने प्यार
अहिले त केवल प्यारप्यार मात्रै देखे
बैरागिएको जोगि जस्तै अस्त ब्यस्त तिम्रो अनुहारमा
बिगतका सुन्दरता खोजेर म आजित भए
भत्किएका हरेक गोरेटोले मलाइ आत्मिय ठानेछ्न
भत्किएका हरेक सपनाले मलाइ आफ्नो ठानेछ्न
लाग्छ उनिहरु आफ्ना बेदना पोख्न आतुर थिए
तर विवस म उनिहरुको चीत्कार सुन्न असमर्थ भए
घृणित परायतन्त्रको पार्दर्शिता छताछुल्ल रहेछ
भट्टि खोलेको छु
चिउरा भुजा बियर सबै जम्मा मैले गरि सके
हिस्सि काली डिम्पलवालि क्यासियर नि राखी सके
ब्रोइलर रागा भेडो खसी, त्यो नि सारा खोजी सके
तीन पाने र चार पाने नि खोजी घैलो भरिसके
गल्ली भित्र अध्यारोमा छाप्रो मैले हालेको छु
कर्याकर्ता येतै आउन भट्टि मैले खोलेको छु
जो नै आउन काङ्ग्रेस कम्निस्ट मेरो भट्टि चल्नु पर्यो
बेरोजगारी बढेको छ भत्ता बाढ्न आउनु पर्यो
भेस्ट सारै कमसल भयो अलि टिक्ने बाड्न पर्यो
नेपाल बन्द आन्दोलन ले सडक फेरि तात्नु पर्यो
नया बाइक किन्नलाइ पुरानो साइकल बेची सके
येतै आउन कार्यकर्ता भट्टि मैले खोलि सके
तपाइ हाम्रै हामी तपाइकै कसलाइ केको पिर परो
जुनि काटौ सङ्ग सङ्गै हासेर
तारे भिरमा गोरु जोते ह ह माले ह ह
आउन सानू माया गासौ ह ह तारे ह ह
नौमती बाजा बजाउदै
लैजाउला डोलिमा तिम्लाइ सजाउदै
हिउद गयो बर्खा लाग्यो पानी झम झम
भाच्देउ साइली फुर्के कम्मर नाच्दै छ्म छ्म
ट्याम्के भिरमा गुरास फुल्यो टिपि ल्याइ दिउला
बाचे सङ्गै मरे सङ्गै जोवन तिम्लाइ दिउला
डोरि राम्रो बाबियो बाटेर
जुनि काटौ सङ्ग सङ्गै हासेर
सिङ्गापुरको रातो सारि हङ्कङको सुन
तिमी मेरि तारा प्यारी म हु तिम्रो जुन
देउरालीका देवि देउता पिपलु र वर
म छु तिम्रो तिमी मेरि के लाइ मान्छेउ डर
बनै राम्रो मुनाल नाचेर
जुनि काटौ सङ्ग सङ्गै हासेर
शर्त बिचको अर्थ र जीवन
भाग्यले चुडालेको डोरिमा
चमेरो झै उल्टो झुन्निने
अमुर्त सपनाको तुच्छ उपासक
कल्पना र यथार्थ बिचका कोशे दुरिमा
आरोह र अवरोहका मृदुभासी सुस्केरा सङ्गै
लहरिदो छ बरालिदो छ
समयको मात चढ्दो छ उस्तै रफ्तारमा
त्यो बहाब अनि तेसबाट निस्केका माधुर्यता
ओहो !!कत्ति परिपुरक छन एक आपसमा
उ एक टक गन्दो छ आकाशका ताराहरु
कपोल्कल्पित सन्सारमा कहिले रात
औशी भुइचालो सुनामी त
बासै उठाउने बाढिले
बेला बेला झक्झक्याउछ्न उस्लाइ
पत्तै नपाए झै कति शान्त मलिन मुस्कुराइ रहन्छ
उनको सुगन्ध बोकेर आउने
नवीनम पवनका झोक्का हरुले
हिक्क हिक्क बाडुल्की लिदै
गिज्याउदै आफ्नै गोरेटोबाट दौडन्छ्न
हाम्रो सपना – केही गर्नु छ
साना साना नानि हामी फुलका कोपिला
देशलाइ बनाउनलाई बनौ जोसिला
बिगारेर भत्काएको बनाउनुछ हाम्ले
कुरा धेरै भए यहाँ देखाउनु छ कामले
आउन साथी वरि परि गरि हातेमालो
फाल्नु पर्छ सबै मिलि यो देशको जालो
देश तिम्रो देश हाम्रो पुर्खा को पौरख
भृकुटी र सीता बुद्ध यसैमा छ गौरव
सगरमाथा लुम्बिनी र कन्चनजंगा नामले
बिदेशमा चिनाउने छौ गरि येस्तो कामले
साना साना नानी हामी फुलका कोपिला
देशलाइ बनाउनलाइ बनौ जोशिला
बन्द हडताल विरुद्ध मा एक भइ जुटेर
उठ साथि झटटै अब हुदैन है सुतेर
पढिलेखी ठुलो मान्छे देशको लागि बन्नुछ
नेपालको नेपाली हौ गौरव गरि भन्नू छ
ता ता तु तु ते तै चरी चुच्चे च
बिछोडको पिडा
कति खपु चोट व्यथा , जिन्दगी नै भार भयो
कसलाइ सुनाउ जीवनकथा , जीत पनि हार भयो
माया प्रेमले रुवाएर , आँसु पनि थाकिसके
जिन्दगानी शुन्य लाग्छ , आफै भित्र मरिसके
सङ्गै बाच्ने सङ्गै मर्ने , हाम्रा बाचा कसम हरु
बाटो तिमिले माग्या भए , मुटु झिकी दिन्थे बरु
छाडी जानै पर्ने भए , मलाइ मारी गए हुन्थ्यो
तिम्रै जस्तो यो मन पनि , ढुङ्गा सरि भए हुन्थ्यो
सक्दिन म धेरै बाच्न , विछोडको पीडा खपि
कति बसु पर्खाइमा , मृत्युको माला जपि
मावो, भृकुटी र पृथ्वीनारायण
ए कोहि छ ?
तेसले नाक खुम्च्यायो
उसले मुन्टो बटार्यो
अर्कोले टाउको कन्यायो
छेवैको ले देखेन
देख्नेले नि हेरेन
हेर्ने ले नि देखेन
परकोले मोबाइल निकाल्यो
घोप्टिएको शिरले
सन्सार देख्यो नजिक देखेन
जे देख्यो त्यो लेखेन
तारामण्डलको छानो
सिमली परेका भित्ता
सिस्नोको फाडो
पुरानो बर्को
पुसको जाडो मा
एक कोसो केरा
दसजनाको सामुहिक तस्वीर
तस्विर देख्यो व्यथा देखेन
एक कोसो केराले जाडो छेकेन
जे खिच्यो त्यो लेखेन
जे लेखेन कसैले देखेन
ए हजुर कता
झण्डा नफेर्ने
पहिचान नफेर्ने
तिम्रो गुलामको ऋण चुकाउ
ती शोषकिका बङगारा फुकाउ
तिम्रो हक र अधिकार नलिने
यथार्थका मुना मदन
रुदो हो वृक्ष फक्रेका फुल ओइलाइ जादा मा
हरिको जीवन कसरी बित्छ? मन ती छ राधा मा
बुझिदेउ राधा पर्खेर बसे म छिट्टै आउला
कमाइ धेरै खुसिका पोका घर अनि सजाउला
ए मेरा हरि जिन्दगी भरी यो प्राण हजुर को
बिना ती मन्दिर के अर्थ भो र सुन कै गजुर को
एक गाँस आधा बाडेर खाउला सङ्ग सङ्गै बसेर
कटाउला जीवन दुख र सुख सङ सङै हासेर
खोला को ढुङ्गा पुजिन्न राधा मन्दिर न आइ
फर्केर छिट्टै आउनेछु प्यारि आफ्नो केहि बनाइ
बुवालाई लाठी आमालाइ ढुङ्गरि तिमी लाई फरिया
कसेर ल्याउछु खुसी लाई बोकि बनाइ भरिया
चाहिन्न मलाइ ढुङ्री र सारि भैदिए छेवैमा
पौरख गरौ खियाइ नङ्ग्रा सुन फल्छ मेवैमा
म खोज्दै छु
यी रक्तिम क्रान्तिहरुमा
के हरायो के भेट्टियो अन्योल भै खोजिरहेछु
न बुझे आफू ले न बुझाउनै सक्छु
म कराउदै छु फेरि महेन्द्रको माला बोकेर
सबैका घरमा निराशाका चित्र कोरिदा
काइलादाइको सारङ्गी पनि मौन छ्न
झिसमिसेमा उड्ने परेवाका जोडिहरु
सङ्गिन रोपिदा घाइते भै छ्टपटाइरहेछ्न
चारो न दिनै सक्छु न दिलाउनै सक्छु
म खोज्छु बुद्ध कतै छ्न कि भनेर ?
पलासलाइ मलजल गरि गुलाब बनाउने इच्छाहरु
काकाकुलको अत्यास सङ्गै आकाशमा मडारिदा
घनिभुत कुहिरोले पथ बिर्सिएकाहरुलाई
न पथ देख्छु न देखाउनै सक्छु
म खोज्छु तुलसि मेहर कतै छ्न कि भनेर ?
श्रीजनामा लहरिने चर्म चक्षुहरुलाइ
मलाइ बिथोल्ने सपना
………………………….
सम्बन्ध अनि रहर हरुले
चिच्याउदै एक्कासी हाम फालेछन
त्यो कठोर गङ्गा कति पबित्र
कठैबरा !!!
ममताको आशिर्वादले कति धानोस
मनका बेग अनि आबेग
बस तीनलाई सलाइ मात्र कोर्नु पर्छ
बस कुनै ऋतु पर्खिनु पर्दैन
लौ आज पनि तेइ सपनाले बिथोलेछ क्यार
हजार चोटि बिर्सदा पनि चिर निन्द्रमा
सपना बनी फर्की आउने के त्यो सत्य होला त ?
लोभी मन न हो ? अलिकता आशा लुक्दो रहेछ
प्रश्न अनि उत्तर कता कता भौतारिन्छ्न कुन्नी ?
अन्ततः थकानले नि सुस्केरा हालेर चिच्याउछ्न
भविस्य पनि वर्तमान देखेर हास्दो हो
नत्र हातका रेखा हरु किन मेटिदै जादैछ्न
- « Previous
- 1
- 2
- 3
- Next »
