भाग्यले चुडालेको डोरिमा
चमेरो झै उल्टो झुन्निने
अमुर्त सपनाको तुच्छ उपासक
कल्पना र यथार्थ बिचका कोशे दुरिमा
आरोह र अवरोहका मृदुभासी सुस्केरा सङ्गै
लहरिदो छ बरालिदो छ
समयको मात चढ्दो छ उस्तै रफ्तारमा
त्यो बहाब अनि तेसबाट निस्केका माधुर्यता
ओहो !!कत्ति परिपुरक छन एक आपसमा
उ एक टक गन्दो छ आकाशका ताराहरु
कपोल्कल्पित सन्सारमा कहिले रात
औशी भुइचालो सुनामी त
बासै उठाउने बाढिले
बेला बेला झक्झक्याउछ्न उस्लाइ
पत्तै नपाए झै कति शान्त मलिन मुस्कुराइ रहन्छ
उनको सुगन्ध बोकेर आउने
नवीनम पवनका झोक्का हरुले
हिक्क हिक्क बाडुल्की लिदै
गिज्याउदै आफ्नै गोरेटोबाट दौडन्छ्न
र त थकित चाहना अनि सपनाहरु
भाग्य कर्म र संघर्षको सङ्ग्रालयमा
कैदिका नेल बाट निस्केका
मदहोस सङ्गीत
सा रे ग म प सुनाउछ्न
उ लेख्दै थियो
उसका भयानक आत्म वृतचित्र
छ्ट्पटिएका सिसाका रङ्गिन सपनाहरू
टुट्छ्न फुट्छ्न अनि जोड्न हम्मे हम्मे पर्दो छ
खैर आयातित गुरुत्वाकर्सणको त्यो उत्सर्गले
चरम यातना सहित
मन मस्तिष्क केन्द्र बिन्दु बनाइ
दैनिक जाने भुइचालो सरि कम्पयमानलाइ
च्य्याप्प अङगालेर मुस्कुराउनु कस्तो बिकल्प
कारुणिक रोदनहरु प्रस्ट्याउछ्न
उसको भुगोलको यथार्थता
अन्धो को शहर मा ऐना बेच्ने
उसका पारदर्सि अनि तार्किक मुर्ख्याइँ
उ नजान्दो हो त कसरी सिक्दो हो यो ब्रह्माण्डले
तेसैले त खास र अत्यास बिचको खाडलमा
शर्त बिच अर्थ खोज्दा खोज्दै
जीवन आफैमा परिभाषित हुदैछ
