Skip to content

चिउरा भुजा बियर सबै जम्मा मैले गरि सके
हिस्सि काली डिम्पलवालि क्यासियर नि राखी सके
ब्रोइलर रागा भेडो खसी, त्यो नि सारा खोजी सके
तीन पाने र चार पाने नि खोजी घैलो भरिसके
गल्ली भित्र अध्यारोमा छाप्रो मैले हालेको छु
कर्याकर्ता येतै आउन भट्टि मैले खोलेको छु

जो नै आउन काङ्ग्रेस कम्निस्ट मेरो भट्टि चल्नु पर्यो
बेरोजगारी बढेको छ भत्ता बाढ्न आउनु पर्यो
अस्तिको भेस्ट कमसल थियो अलि टिक्ने बाड्न पर्यो
नेपाल बन्द आन्दोलन ले सडक फेरि तात्नु पर्यो
नया बाइक किन्नलाइ साइकल मैले बेची सके
येतै आउन कार्यकर्ता भट्टि मैले खोलि सके

तपाइ हाम्रै हामी तपाइकै कसलाइ केको पिर परो
गोलि चलोस रगत बगोस मेरो भट्टि चल्न परो
आयो चुनाव हतारिदै गाउमा अब झर्न पर्यो
जीत्ने भए चुनाव फेरि सुख्खा सपना बाड्न पर्यो
सुकुटी र छोयलाको ब्यन्जन तयार पारिसके
कार्यकर्ता येतै आउन भट्टि मैले खोलि सके

पेट्रोल पनि अलि अलि जम्मा गर्न थाली सके
नारा लाउने ढुङ्गा हान्ने मान्छे पनि खोजी सके
महङ्गाइ अलि बढेको छ भत्ता पनि महङ्गै पर्ला
जीत्नै पर्छ चाहे जे होस मत पत्र नि च्यात्नै पर्ला
दिल्ली पन्जाब मुग्लान बस्ने सब लाई आउन भनी सके
कार्यकर्ता येतै आउन भट्टि मैले खोलि सके

कमाइ हुने यै बेला हो देश त जे होस खल्लिबल्ली
छाक आज टरे भैगो भोलि जाउला मुम्बै दिल्ली
चुनाव पछि के नै पाइन्छ जे जे पाइन्छ तेस्को अगि
खुर्किने हो भारु डलर झोला बोकि अगि बढि
पानी चुहिने छानो फाली छ्तको सपना देखि सके
कर्याकर्ता येतै आउन भट्टि मैले खोलि सके

Leave a Reply

Your email address will not be published. Required fields are marked *