Skip to content

कास्टमाण्डपका गुट्खा अनि मेरा सपना

थुकेर थुक र
फोहोर र धुलोको शृङ्गार अनि
पान पराग र गुट्खाको रातो कलरले
अबिरमय बनाएको रहेछ तिमिलाइ
उफ्फ सत्ते होला मैले झन्नै चिन्नै सकिन
ठूलो भयो भन्ने ठानौला
मरिजाम तिम्रा काटिएका पखेटाले तिमी बिरुप भएछौ
किन किन तिम्रा नजरमा मैले देख्ने प्यार
अहिले त केवल प्यारप्यार मात्रै देखे
बैरागिएको जोगि जस्तै अस्त ब्यस्त तिम्रो अनुहारमा
बिगतका सुन्दरता खोजेर म आजित भए
भत्किएका हरेक गोरेटोले मलाइ आत्मिय ठानेछ्न
भत्किएका हरेक सपनाले मलाइ आफ्नो ठानेछ्न
लाग्छ उनिहरु आफ्ना बेदना पोख्न आतुर थिए
तर विवस म उनिहरुको चीत्कार सुन्न असमर्थ भए
घृणित परायतन्त्रको पार्दर्शिता छताछुल्ल रहेछ
लुट्न बसेका कौरब सिपाहीहरुको कार्यशाला
अनि सोझा सिदा मान्छेको आगमनमा
पर्खेर बस्ने ती ब्वासा हरु देख्दा
आधा सपना तेहि सहिद भए मेरा
हे कास्टमाण्डप
के हुदैछ यो तिम्रो शहरमा
हरेक चिजमा अस्त ब्यस्त
तिम्रो जमात अनि
भित्ता भित्तामा मा बन्द सफलगराउने पोस्टरहरु
लु भो तिम्रा समृद्ध नेपाल
तिम्रा प्रक्षेपण दिशा बिहिन लागे मलाइ त
खैर अटस मटस प्रयासरत छु म पनि निसासिदै
अन्योल तिम्रै घनिभुत सपनामा
खित्त मुख छोपेर देश लुकाइरहेछु
अनि शाश्वत सपना बिर्सिन बाध्य भै
म पनि यो पुषमा पारिलो घाम ताप्दै
बिद्रोह गरिरहेछु …….
कास्टमाण्डपका गुट्खा अनि आफ्नै सपना सङ्ग

Leave a Reply

Your email address will not be published. Required fields are marked *