रोएर झगडा भएर तगडा, पाइन्छ के जगतमा ?
पाइने सारा भरिइ दुखले, स्वार्थ जो फगतमा
रुवाइ आदि हो र अन्त्य पनि हो, के रैछ यो जीवन ?
नपुग्दै मनका इच्छा र चाहाना, चुडिन्छ यो रिवन ।
आएथे एकलै रावण र कंस पनि, राज गरे इन्द्रासन
त्रिभुवन राज गरेर मरी गए, साथ मा लगे के भन ?
देखिने आँखा भरी सब मोह हुन, केही हुन्न यहाँ थिर
गर पुण्य कमाउ नाम खुबले, मन मा नलिइ पिर ।
मै खाउ मै लाउ सुख सयलको, प्याला जब चढ्दछ
घमण्ड पनि बेलुनहो बुझी हेर, जती कोच्यो बढ्दछ ।
इश्वर नै स्वामी हुन जगताका, ईश्वर नै ओखति ।
लेखा हुन्छ पाप धर्म सबका, कस्ले गर्यो के कति ?
छोडी पाप कुबाच्य अरुका; कर्म गर भक्तिले
दिब्य ज्ञान फर्किन्छ जहाँ तहा; तेइ कर्मका शक्तिले ।
माया मोह सान्सारिक दुख हुन; विस्वास गरि कर्मले
फैलिन्छ दुर मधुर नाम उसको, तेइ सिकाउछ धर्मले ।
जीवन को जति मजा छ लिनुमा, दिनुमा छ झन बढी ।
लेखिन्छ नाम युग युग उसको,जसले खोल्छ अञ्जुली
बिकाउ भयो आज सन्सार यहा, पैसाले सब किनिने ।
राम रावण कृष्ण कंस किन भए ? कर्मले हो चिनिने ।
राम रावण कृष्ण कंस किन भए ? कर्मैले हो चिनिने ।
(नोट : पढ्दा शार्दुलविक्रीडित छ्न्दमा पढिदिनु होला – धन्यवाद)
