तराईका फाटमा क्याक्टस लगाऊ
हरिया पहाडमा अफिम लगाऊ
हिमालका जडिबुटिमा आगो लगाऊ
चारकोशे झाडीमा गार्डन बनाऊ
खोला र नालामा बल्छी डुबाऊ
बोलाई पारि गढवाल कुमाउँ
इतिहासका पाना च्यात्न सघाऊ
घरका खम्बा काट्न पठाऊ
आमाका धोतीको लिलाम लगाई
आफ्ना अस्तित्व फ्याकी बगाई
तराईका फाटमा अफिम लगाऊ
चार कोशे झाडीमा आगो लगाऊ
सगरमाथाको अब उचाइ घटाऊ
रारा र बेगनासको पानी घटाऊ
वृद्ध र अपाङ्गलाई खाडी पठाइ
रातो बाकसले पैसा कमाऊ
पश्चिममा काली पूर्वमा मेची
अँझै कमाऊ बुद्धलाई बेची
धर्म बेचेर नेपाल मेटाऊ
बचेका मन्दिर त्यो नि फुटाऊ
तराईका फाटमा क्याक्टस लगाऊ
हिमालका हिउँमा डोजर चलाऊ
चारकोशे झाडीमा गार्डेन लगाऊ
पहाडमा आगो ढडेलो लगाऊ

तराईका फाटमा क्याक्टस लगाऊ