घरमा म आउँछ भनी भोटे कुकुर पालिछौ
मेरो डरले आफ्नो मनलाई काँडे तारले बारिछौ ।
सुन कान्छी मेरो कुरा पर–पर किन हुन्छौ
फक्रिएको वैंशलाई त्यसै तिमी किन मार्छौ
घर मैले देख्यो भनि अन्तै सारिछौ
मेरो डरले आफ्नो मनलाई काँडे तारले बारिछौ ।
आँखाबाट आँसु बनी झर्छौ कि डर लाग्छ
माया गर्ने धेरै तर तिम्रो मात्रै भर लाग्छ ।
तिम्रो जति माया मलाई मेरो आफ्नै छैन
सत्य कुरा भनेको हुँ झुटो मैले बोल्या हैन
बगैंचामा फुलेकी छौ झर्छौ कि डर लाग्छ
माया गर्ने धेरै तर तिम्रो मात्रै भर लाग्छ ।