Skip to content


पात्रो फेरेर
वूढो पार्दै मान्छेलाई
यो पल्ट पनि
आगमन भयो
नयाँ वर्षको
र असिमित भन्ज्याङ्ग र घुम्तीहरू पार गर्न
एक खुड्किलो उक्लियो जीवन
वेहुली अनिमएको घर मन
प्रत्येक आफ्नो बुढ्याईसँगै
सृजना गरिरहेछ नयाँ–नयाँ संस्मरणात्मक कृतिहरू
र अभाव अनुभूति गरिरहेछन् आँखाहरू
प्रत्येक वसन्तसँगै उपस्थित हुने नयाँ वर्षलाई
देखेजस्तै मान्छेले
खै ! कहिले देख्लान्
पूरा भएको यी आँखाहरूले
उसले बनाउदै गरेको अमूर्त चित्र
पशुपति र रत्नपार्कको छेउछाउमा
हात पसारेर बस्ने
मान्छेहरूको पेटभरि अन्न,
आँखाभरि सपना पाल्दै
भारी बोकेर जीवनभरि
पिठ्यू रित्तै देखाएर हिड्ने
भरिया दाइको आङ्गभरि लुगा
र परदेशीएका मायालुहरूको खोजीमा
गाइने असिमित गीतहरूको अन्तिम अन्तरा ।
तिम्रो अभाव
जीवन जिउने मेरो चहाना
जिउन आवाश्यक
मन र मुटु मिल्ने साथी,
पूर्णिमाको जून जस्तो यौवन
टाढैबाट म गर्थे स्पर्शानुभूति
दुःखमा पनि देखिने
हँसिलो मुहार
म रुँदा रुने आँखाहरू
मेरो आँसु पुछिदिने हातहरू छन् तिमीसँग,
मन र मुटु मिलेर बन्दछ
एउटा सजीव शरीर
तिमी मेरो मुटु
त्यसकारण
तिमी र म एउटै थियौ हिजोसम्म
आज छाडेर गयौ
आफूसँगै मेरो मुटु लिएर
अहिले म
हपाङ्ग भएको छु,
मुटु विहिन भएको छु
अर्थात
म निर्जीव भएको छु
मसँग अब बाँकी छ
केबल तिम्रो सम्झना
तिम्रै सम्झनामा वर्षे नदी झैँ
वगिरहने आँसुको भेल,
सम्झन्थेँ–
मेरो माया सदाबहार हो
कहिल्यै ओइलिदैन
कहिल्यै झर्दैन
तर
रहेछ मेरो माया
ओइलिएको पातजस्तो

भएको छु
शिशिरको ऋतुको वन,
नियाल्छु–
तिम्रो निर्जीव तस्वीर
जुन तिमीले मलाई
अस्तिनै दिएकी थियौ
तर
यो बोल्दैन मैले बोलाउँदा,
हाँस्दैन म हाँस्दा,
रुँदैन म रुँदा

पुछि दिदैन
मेरो आँखाबाट आँसु बग्दा,
थाहा थिएन मलाई
सपना देख्नु रहेछ पाप
तिमीलाई आफ्नो बनाउने
देखेँ मैले सपना
गरेँ मैले
माफ गर्न नसकिने भुल
अविराम चलिरहने समय
समयको गतिसँगै
बनाएँ एउटा जीवन चित्र
जुन अधुरै रह्यो
तिम्रो अभावमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *