Skip to content

माया नलुकाऊ छातीमा

  • by


माया नलुकाऊ छातीमा मुटु गाठो पर्ला
कुरा नलुकाऊ मनमा पछि रुनु पर्ला ।

काँडे तारले बारे पनि छेकिदैन माया
सागरको पानी जस्तै सकिदैन माया ।

माया नसाँच आँखामा आँसु बनि झर्ला
आकाशझैँ अँधेरीमा सधैँ रुनु पर्ला ।

पानी हो माया वग्छ नदी जस्तै
नचाहिने बाटो बहन्छ हावा जस्तै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *