मुहार त्यो हेरिरहूँ लाग्यो


जूनजस्तो मुहार त्यो हेरिरहूँ लाग्यो
सयौ जुनी अंगालोमा बेरिरहूँ लाग्यो ।

खोट कहीँ देख्दिन म सुन्दर रुपरङ्ग
प्रीति गाँस्न आतुर छु है मनको रानीसँग
मनको कुरा भन्न उनलाई पत्र कोरु लाग्यो
सयौ जुनी अंगालोमा बेरिरहूँ लाग्यो ।

कति राम्री हुन्थिन् होला खालि सिउँदो भर्दा
डर लाग्छ मलाई देखि तिमी पर सर्दा
गाँजलु त्यो आँखाभित्र बसिरहूँ लाग्यो
सयौ जुनी अंगालोमा बेरिरहूँ लाग्यो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *