Skip to content

बसेको छु तिमीलाई पर्खी

  • by


बसेको छु तिमीलाई पर्खी यो तन चोखो राखी
मनको राजा चाँडै आइदेऊ मेरो जीवन साथी ।

यो मन सधैँ सँगै हुन्छ तिमी टाढा भए पनि
सँगे मर्छु, जिउँछु छाड्दिन म ज्यानै गए पनि
कहिले आउछौ सिन्दुर हाल्न मेरो सिउदो माथि
मनको राजा चाँडै आइदेऊ मेरो जीवन साथी ।

तिमी मेरो म तिम्रो जति दुःख पाए पनि
छुट्ने छैन हाम्रो माया जत्रै हुरी आए पनि
भाकी देउता देउरालीलाई चढाउछु वेलपाती
मनको राजा चाँडै आइदेऊ मेरो जीवन साथी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *