Skip to content

माया बस्या

  • by


मलाई छाडी के भो र अर्कै माया पायौ होला
धोका दिन मलाई जस्तै झूटो कसम खायौ होला ।

झूटो नाटक गर्न सक्छौ मेरो अघि रोए जस्तै
रुँदै हाँस्दै उसलाई पनि साउनुसम्म सायौ होला ।

संगत तिम्रो धेरै गरेँ बुझ्न गाह्रो रै’छ बानी
त्यही बानीले मलाई झैँ कति बसाइँ सार्यौ होला ।

हल्ला थियो गाउँघरमा तिम्रो मेरो माया बस्या
झूटो हल्ला गर्या भनि दोष मलाई लायौ होला ।

बाहिर रुप फूल जस्तो भित्र–भित्रै खोक्रो रै’छ
‘गगन’लाई जालमा पार्न बादल बनि धायौ होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *