Skip to content


दुःखै–दुःख, धोका, घृणा साथ जिन्दगीको
मन रुँदा हाँस्नु पर्ने जात जिन्दगीको ।

पृथ्वीको भार भइयो सकिएन गर्न केही
धर्तीमा जन्मिएर गरैँ मैले घात जिन्दगीको ।

न आफ्नो बनाउन सकेँ न कसैको हुन सकेँ
प्रयासमै बित्यो जीवन खाएँ लात जिन्दगीको ।

परदेश आ’को धेरै भयो वित्यो जीवन यसै
पैसै ठूलो ठान्ने समाजको हात जिन्दगीको ।

प्रयास मेरो जारी छ है हरेस खा’को छैन
‘गगन’ चुम्ने इच्छा मेरो आँट जिन्दगीको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *