Skip to content

सुनिल संगम

SunilSangam

साँचोको झुप्पा

आजभोलि अफिस जान भनेपछि हुरुक्कै हुन्छु । कहिले पुगुँ र त्यो रिसेप्सनको कुर्सीमा गएर थच्च बसुँ जस्तो लाग्छ । मानौं अचेल त्यो रिसेप्सनको कुर्सीमा आधुनिक चुम्बक छ ! अनि पो त्यसले मलाइ तानी रहन्छ । नत्र किन म अफिस भनेपछि मरिहत्ते गरेर दौडन्छु त ? जति काम गरे पनि तलब भत्ता जस्ताको तस्तै ! तर पनि म भित्र भने अचेल अचम्मको जाँगर खुबै चलेर आँउछ । पहिले त अफिस भनेपछि वाक्कदिक्क लाग्थ्यो । कहिले छुट्टी लिउँ ! कहिले बिदा पर्ला ! कहिले शनिबार आउला र आनन्दले बसुँला जस्तो लाग्थ्यो तर अचेल त शनिबार नै नआए नि हुन्थियो, कुनै दिन पनि बिदा नपरे हुन्थियो, हरेक दिन अफिस खुलोस र हरेक समय त्यो रिसेप्सनको कुर्सी नछोडु जस्तो ! लाग्छ हरेक समय त्यही कुर्सीमा बसिरहुँ-बसिरहुँ त्यो कुर्सीमा बसेपछि कहिले रात नपरोस र कहिले अफिस बन्द नहोस ।

ए नेता

ए नेता अचेल कता सहिदका सपना सबै अधुरा
गनाएछौ बोका जस्तै तिम्रा कुरा डल्ले माकुरा

दाँया बाँया जान्दिन म दारु पानि खान्न भन्थ्यौ
जहाँ खायो त्यही आची भएछ कसरी यस्तो बेसुरा

तिमीसंग दिन होइन

तिमीसंग दिन होइन रात मन पराए
रातैभरि मायाको बर्षात मन पराए

घुट्का घुट्का मिठो आहा नसा भन्दा पनि
नसकिदै थपिदिने हात मन पराए

खोट कुनै हुन्न रहेछ मनले खाए पछी

साँझ ढल्दा

साँझ ढल्दा रातमा होइन, दिउँसै मातामात छरे
भो आउँदिन तेल अभिभमा, अचेल काटाकाट छरे

घरका मान्छे घरका कुरा, सबै सबै विर्सिसके,
डलरमा पो आजभोलि माया साटासाट छरे

एउटा भिखारी मायाको

एउटा भिखारी मायाको भिख मागें त के भूल गरें
बोल्दिनौ किन पहिले जस्तै आखिर म त जिउँदै मरें

मनको मन्दिरमा पूजा गरें तिमीलाई त देउतै ठानें
हजार हजारमा माया गरें तिमीलाई त एउटै छानें
नबुझ्दा तिम्रो मनको कुरा दोधारै मा परें परें
एउटा भिखारी मायाको भिख मागें त के भूल गरें

पग्लिएर मन किन

पग्लिएर मन किन भयो पानी पानी
फेरि तिम्रो झझल्कोमा डुब्यो जिन्दगानी

बिहानीको झुल्के घाममा शीतसंगै फुल्छौ
साँझ पर्दा एकान्तमा जूनसंगै डुल्छौ
जति बिर्सु भने पनि सम्झिदिने बानी
फेरि तिम्रो झझल्कोमा डुब्यो जिन्दगानी

आँखाभरि

आँखाभरि फूलैसरी एउटी सुन्दरी
धर्तिमा किन झरि स्वर्गकी परी

मुहारभरि जूनतरा उदाए झैं लाग्छ
बसन्तले हरियाली फिंजाए झैं लाग्छ
मनको बगैचामा डुल्ने ए मनचरि
धर्तिमा किन झरि स्वर्गकी परी

एकोहोरो माया लायौ

एकोहोरो माया लायौ मैले आफ्नो ठाने पो
जे जे भन भन तिमी तिम्रो कुरा माने पो

सिंगार पटार गरी हेर्छौ मुहार धेरै ऐनामा
जे जे गर गर तिमी तिमीला ई छाने पो

थोपा-थोपा रगतमा

थोपा-थोपा रगतमा तिम्रै माया सल्वलाउँछ
तिम्रो छोरो हेर आमा ममताको गीत गाउँछ

तोते बोली सिकाउने मीठा-मीठा बातहरु
भिरा पाखा डोर्‍याउने मायालु ती हातहरु
स्नेहको न्यानो काख धेरै-धेरै याद आउँछ
तिम्रो छोरो हेर आमा ममताको गीत गाउँछ

जति नयाँ आए पनि

जति नयाँ आए पनि साल उस्तै उस्तै
कहाँ फेरियो देश यहाँ हाल उस्तै उस्तै

कस्तो होला होला भन्यो हेरी मख्खै पर्‍यो
बिज्ञापन पो फरक रैछ माल उस्तै उस्तै

रिसाउँदा आगो हुन्छौ

रिसाउँदा आगो हुन्छौ खुशी हुँदा पानी
शायद यस्तै हुन्छ क्यारे माया गर्ने बानी

घुर्क्याउँछौ कहिले काहीं कुरा जान्दा जान्दै
लाडिएर बोल्छौ फेरी अंगालोमा तान्दै
शर्माउँछौ आफै अनि लाज मानी मानी
शायद यस्तै हुन्छ क्यारे माया गर्ने बानी

बलेसिमा पानी झर्यो

बलेसिमा पानी झर्यो बर्षा लाग्यो कि
आँखाबाट आँसु झर्यो माया मार्यो कि

सम्झनाको आंधी चल्यो बढ्यो याद झन
एकोहोरो उसकै यादमा तड्पी रन्छ मन
बिर्सिएर निस्ठुरी भै बचन नाघ्यो कि
आँखाबाट आँसु झर्यो माया मार्यो कि

पिउनै पर्‍यो गल्ली चोकमा

पिउनै पर्‍यो गल्ली चोकमा भित्री मन दुखे पछि
मेरो कहाँ इजत छर तिमीले मुखमै थुके पछि

म पनि त मान्छे नै हुँ मेरो पनि गल्ती हुन्छ
तर माफि पाउनु पर्थ्यो निहुरिएरै झुके पछि

मुटु दुख्दो रैछ माया

मुटु दुख्दो रैछ माया भो म लाउदिन
दुनियाँले कुरा काट्छन भो म आउदिन

जति भेट्यो उति माया गाढा लाग्दो रैछ
आफ्नो मन आफै देखि टाढा भाग्दो रैछ
चौतारीमा गीत पनि भो म गाउँदिन
दुनियाँले कुरा काट्छन् भो म आउँदिन

सुन पगाल्न भन्दा धेरै

सुन पगाल्न भन्दा धेरै मन पगाल्न गाह्रो रैछ
निष्ठुरीलाई सम्झिने मन बुझाउन झन साह्रो रैछ
बुझदैन यो मन
बढ्छ याद झन

गर्न बाँकी छैन केही हुने सम्म गरीसकेँ
जिन्दगीनै बाजी राखी शरणमा परीसके
बदलिएन मन उन्को बदलिए कैयौँ ऋतु
नबुझेको किन होला ढुङ्गाकै पो छ की मुटु

सुनकोशीको तिरमा बसी

सुनकोशीको तिरमा बसी किन टोलाएकी
जाने गै गो हुन्देऊ भै गो किन लोलाएकी

विझाउने काडाँ हो त्यो खै कसरी फूल भयो
फूल भनी सजाए छौ त्यही तिम्रो भुल भयो
गाजलु ती परेलीलाई किन भिजाएकी
जाने गै गो हुन्देऊ भै गो किन लोलाएकी