Skip to content

मुटु दुख्दो रैछ माया


आधुनिक गीत- सुनिल सँगम

मुटु दुख्दो रैछ माया भो म लाउदिन
दुनियाँले कुरा काट्छन भो म आउदिन

जति भेट्यो उति माया गाढा लाग्दो रैछ
आफ्नो मन आफै देखि टाढा भाग्दो रैछ
चौतारीमा गीत पनि भो म गाउँदिन
दुनियाँले कुरा काट्छन् भो म आउँदिन

भोक प्यास हट्दो रैछ याद बढ्दो रैछ
सेती गडे जस्तो मन्मा माया गड्दो रैछ
देउरालीमा पनि अब भो म धाउँदिन
दुनियाँले कुरा कट्छन् भो म आउँदिन

स्वर- इन्दिरा गुरुङ
संगीत- पूर्ण गुरुङ
शब्द- सुनिल सँगम
दोस्रो स्थान- रचना तर्फ(प्रतियोगीतात्मक आधुनिक संगीत सम्मेलन २०५७ रेडियो नेपाल)

7 thoughts on “मुटु दुख्दो रैछ माया”

  1. हिँड्‌दा हिँड्‍दै
    यो शहरको

    हिँड्‌दा हिँड्‍दै
    यो शहरको सबै सडक सिध्‍याइसकेको छु
    हेर्दा हेर्दा
    यो शहरको पूरै दृश्‍य रित्‍‍याइसकेको छु
    अब यो शहरमा सायद मेरो कुनै काम छैन

  2. रेडियोमा धेरै सुनेको
    एकदम मन

    रेडियोमा धेरै सुनेको
    एकदम मन पर्छ मलाई।
    जीवन

  3. हो बा माया त बिचार गरेर मात्र
    हो बा माया त बिचार गरेर मात्र लाउनु पर्छनत्र कुकुरले नपाको दुख पाइन्छ।

  4. Hello Sunil sangam Ji
    Hello Sunil sangam Ji Namskaar,
    Tapai ko yo sabda chayen ati ramro lagyo …
    yestai yestai aaru aaru pani sabda chayen milayera git banunu hola la..
    ra tapai lai dipawoliko suvakaman pani chha … ok bye bye Have your good day ..

    Name : Avimanyu Bikram Panday
    ID : lucky_kanchap@yahoo.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *